माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
आदरणीय पाठकहरू, लोकान्तर डट्कमले स्थापनाको तीन वर्ष पूरा गरेको छ र आजैबाट हामी चौथो वर्षमा प्रवेश गरेका छौं । यस अवसरमा हामी सबैभन्दा पहिले हाम्रा आमपाठक र दर्शकप्रति आभार प्रकट गर्न चाहन्छौं ।
लोकान्तर डट्कम नियमित हेर्ने र पढ्ने सम्पूर्ण पाठक हाम्रो प्रेरणाका प्रमुख स्रोत हुन् । विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकप्रति पनि हामी आभारी छौं ।
फेरि पनि भन्नै पर्छ, समाचारमा विश्वसनीयता नेपालमा ठूलो समस्याका रूपमा देखापरेको छ । कुन समाचार सही या कुन गलत भन्ने विषयमा पाठक भ्रममा पर्ने डरलाग्दो अवस्था छ । यस गम्भीर पक्षलाई ध्यानमा राख्दै हामीले समाचारमा विश्वसनीयता, यथार्थपरकता र सन्तुलनलाई मूलमन्त्र बनाइरहेका छौं र यसमा अडिग रहनेछौं । लोकान्तर डट्कमका सामग्रीमा विश्वसनीयता हुने भएकै कारण पाठकले हामीलाई विश्वास गर्नुभएको हो । पाठकको त्यो विश्वासलाई हामी सधैं उच्च महत्त्व दिनेछौं र समाचारमा विश्वसनीयता कामय गर्न हरसम्भव प्रयास गर्नेछौं ।
अघिल्लो वर्ष हामीले आफ्नै स्टुडियोबाट भिडियो अन्तर्वार्ता शुरू गर्यौं । यो वर्ष हामी खोजमूलक समाचारमा बढी केन्द्रित भएका छौं । सूचनाको हक सम्बन्धी कानूनको सुविधाले खोजमूलक समाचार संकलन गर्न हामीलाई ठूलो सहयोग गरिरहेको छ । हाम्रो आफ्नै मेहनत, प्रयास र सूचनाको हकसम्बन्धी कानूनको सहारामा खोजमूलक समाचारतर्फको हाम्रो यात्रालाई तीव्र र निरन्तर रूपमा हामी अघि बढाउनेछौं ।
मुलुकमा व्याप्त भ्रष्टाचारले आम नेपालीमा चरम निराशा पैदा गरिरहेको छ । सरकार, जिम्मेवार निकाय र सरोकारवाला पदाधिकारीले भ्रष्टाचार नियन्त्रणका बारेमा ठूलाठूला गफ गरे पनि यो समस्याको न्यूनीकरणमा विश्वासलाग्दो काम गरिरहेका छैनन् । तर हामी, भ्रष्टाचारसँग सम्बन्धित समाचारको खोजीमा निरन्तर लागिपर्नेछौं ताकि हाम्रो प्रयासले सुशासनमा थोरै भए पनि सहयोग पुगोस् ।
पाठकहरूको रचनात्मक सुझाव, खबरदारी र प्रतिक्रिया हामीलाई सधैं आवश्यक छ । यिनले नै हामीलाई सही मार्गमा हिँड्न झक्झकाइरहनेछन् । प्रतिबद्धतासँगै हामीले गएको तीन वर्षमा गरेका महत्त्वपूर्ण रिपोर्टिङ र त्यसले पारेको प्रभावका बारेमा संक्षिप्त चर्चा गर्न चाहन्छौं ।
रिपोर्टिङ नं १ : सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ! (लोकान्तर खोज)
प्रभाव : प्रहरी प्रमुखका दाबेदार नेपाल प्रहरीका चार डीआईजीको कार्यसम्पादन मूल्यांकन विवाद समाप्त । लोकान्तरको खोजले पत्ता लगाएको कासमुका आधारमा तेस्रो वरीयातामा रहेका भनिएका प्रकाश अर्याल प्रहरी प्रमुख नियुक्त ।
रिपोर्टिङ नं २ :‘हत्यारा’ छुटाउन एकै दिन दुई आदेश, न्यायाधीश उपाध्याय विवादमा (लोकान्तर खोज)
प्रभाव : समाचार प्रकाशित भएपछि न्यायाधीश उपाध्यायमाथि न्यायपरिषद्द्वारा छानबीन शुरू । १६ माघ २०७५ मा उपाध्याय निलम्बनमा । छानबीन अझै जारी । हाल न्यायाधीश जगेडामा । उच्च अदालतद्वारा न्यायाधीश उपाध्यायको गलत आदेश बदर । ।
रिपोर्टिङ नं ३ :नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् (लोकान्तर खोज भाग–१)
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने (भाग २)
त्रिविको परीक्षामा मनलाग्दी, चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! (भाग ३)
प्रभाव : तीनवटा शृङ्खला प्रकाशित भएपछि त्रिभुवन विश्वविद्यालयद्वारा छानबीन समिति गठन । त्रिविद्वारा गठित टोली जनकपुरमा पुगेर गर्यो अनुसन्धान । चिट चोर्ने र चोराउने कारवाहीमा ।
लोकान्तर समाचार प्रभाव : त्रिविको टोली राराबमा, चिट चोर्न नपाएपछि परीक्षार्थीद्वारा नाराबाजी
लोकान्तर समाचार प्रभाव : अमर्यादित गतिविधि गर्ने १३ परीक्षार्थी निष्काशित
रिपोर्टिङ नं ४: सरकारी गाडी दुरुपयोगमा लोकान्तर निगरानी - १ देखि १८ भागसम्म
प्रभाव : सरकारी गाडी दुरुपयोग सम्बन्धी १८औं शृंखला प्रकाशित भइसक्दा नियमविपरीत प्रयोग भएका कतिपय गाडी फिर्ता, सिंहदरबारभित्र तथा काठमाडौं उपत्यकाभित्रका सरकारी कार्यालयहरूमा हल्लीखल्ली ।
रिपोर्टिङ नं ५ :क्रसरलाई नदी दोहनको लाइसेन्स, कागजमा सबै पूरा, फिल्डमा पुग्दैनन् कुरा (लोकान्तर खोज भाग १)
अनुगमन प्रतिवेदन भन्छ– उत्खनन मापदण्डविपरीत, जिसस प्रमुखको प्रतिक्रिया– खनेको त खनिसक्यो ! (भाग- २)
लोकान्तर समाचार प्रभाव : मेलम्चीस्थित इन्द्रावतीमा तत्कालका लागि रोकियो अवैध उत्खनन
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...