×

NMB BANK
NIC ASIA

निर्माणमा ढिलासुस्ती

ठेक्कापट्टामा बिजोग : १ वर्षमा बन्नुपर्ने भवन ६ वर्षसम्म अधुरै, निर्माणाधीन संरचना जीर्ण

असार १३, २०७६

NTC
Premier Steels

धनगढी – कैलालीको कैलारी गाउँपालिका–८ उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि शहरी विकास मन्त्रालय र निर्माण कम्पनी आशिष एडभेन्चर बुढीगंगा जेबीबीच २०६९ वैशाख ४ गते सम्झौता भयो । ५ करोड २ लाख ६ हजार ३ सय २ रुपैयाँ लागत रहेको भवन २०७० चैत २० गते कम्पनीले निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियोे ।

Muktinath Bank

तर भवन निर्माण कार्य शुरू भएको ६ वर्ष पूरा भएको छ । अहिलेसम्म न त भवन बन्यो, न त स्थानीयले प्रभावकारी स्वास्थ्य सेवा नै पाए । निर्माणाधीन भवन नै हाल जीर्ण बनेका छन् । भवनको झ्याल ढोकाको सिसा फुटेका छन् । जडान भएका पाइप छुट्टिएर उप्केका छन् भने भवनका केही निर्माण सामग्री नै चोरी भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझै पनि निर्माण कम्पनी थप म्यादको लागि लबिङमा जुटेको छ तर नियमनकारी निकाय भने कारवाही गर्नुको सट्टा मुकदर्शक बनेको छ ।


Advertisment
Nabil box
Kumari

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले भने, ‘समयमा निर्माण कम्पनीले काम गर्न नसक्दा ३ पटक म्याद थपिएर २०७५ असोज ३१ गते सम्पन्न गर्नुपर्ने थियो तर काम गरेन । अझैपनि आउँदो पुससम्म म्याद थपको प्रक्रियामा छ ।’

Vianet communication

निर्माणमा ढिलासुस्ती भएपनि स्थानीय निराश भएका छन् । आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य चौकीको लागि ठूलो भवन निर्माणको कार्य शुरू भएपछि हर्षित भएका स्थानीय अजित चौधरी ६ वर्षसम्म पनि नबनेर संरचना नै जीर्ण भएपछि दुःख लागेको बताउँछन् । जनताले तिरेको करबाट निर्माण हुने संरचनाबारे निर्माण कम्पनी र नियमनकारी निकाय गम्भीर हुनुपर्ने उनले बताए ।

उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणमा मात्रै होइन, कैलालीका अन्य ३ वटा स्वास्थ्य संस्थाको भवन निर्माणमा पनि ठेकेदारको बदमासी र नियमनकारी निकायको लाचारीपन उदांगो भएको छ ।

जसले विकासको गति नै पछाडि धकेल्ने प्रवृत्तिले अन्ततः आमजनता नै प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।

भजनी र गोदावरीमा उस्तै

जिल्लाको भजनी नगरपालिकास्थित लालबोझी स्वास्थ्य चौकी र गोदावरी नगरपालिकास्थित गोदावरी  स्वास्थ्य चौकीको भवन निर्माणमा पनि ठेकेदारको चरम लापरवाही देखिएको छ । पटक–पटक म्याद गरिएपनि ठेकेदारको काम छोडेर भाग्ने प्रवृति दोहोरिँदै आएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी बुढाथोकीका अनुसार लालबोझी स्वास्थ्य चौकीको भवन निर्माणको लागि निर्माण कम्पनी थेगिन कन्ट्रक्सन र मन्त्रालयबीच २०७२ असार ३१ गते भएको सम्झौता अनुसार २०७३ पुस ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो भने लागत रकम २ करोड ६ लाख ५० हजार ६ सय ८८ रुपैयाँ रहेको छ ।

तर निर्माण कार्य शुरू गरेको ४ वर्ष पुगेपनि जम्मा ९० प्रतिशत कार्य मात्रै पूरा गरेको छ । निर्माण कम्पनीको २ पटक म्याद थपेपनि हालसम्म काम पूरा गरेको छैन ।

सूचना अधिकारी बुढाथोकीले भने, ‘अब अन्तिम पटक म्याद थप हुँदैछ तर कारवाहीको प्रक्रियामा पनि छौं । कम्पनी सम्पर्कमा नआएकाले उसको बैंक ग्यारेन्टी जफत गर्ने तयारीमा पनि छौं ।’

गोदावरी स्वास्थ्य चौकीको भवन हस्तान्तरणको प्रक्रिया थालिएको छ । पटक–पटक म्याद थप गरेर निर्माण गर्दै आएको रोयल टेडी जेबीले पनि निर्माणमा चरम लापरवाही र ढिलासुस्ती गरेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।

१ करोड ४१ लाख २३ हजार ८ सय १८ रुपैयाँ लागत रकम रहेको भवन निर्माणको सम्झौता मन्त्रालय र कम्पनीबीच २०७१ जेठ १८ गते भयो । २०७२ मंसिर १८ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो तर कम्पनीले पनि २ पटकको म्याद गुजारेर पनि निर्माण सम्पन्न गर्न सकेन । २ पटक म्याद थप हुँदा कम्पनीले २०७५ असार २७ गते काम सम्पन्न गर्नुपर्ने थियो । अझैसम्म काम पूरा भएको छैन ।

हस्तान्तरण भयो, स्थानीय अनविज्ञ

निर्माण कार्यमा बदमासी गर्ने ठेकेदार चुपगुपमै भवन हस्तातरण गराउन सफल भएका छन् । पटक–पटकको म्याद थप र हर्जाना तिरेपछि ठेकेदार तथा सरोकारवालाले स्थानीयलाई जानकारी नै नदिई कागजी हस्तान्तरण प्रक्रिया पूरा गरेको पाइएको छ ।

३ करोड १७ लाख ४० हजार २ सय १६ रुपैयाँ लागतमा मालाखेती अस्पतालको भवन निर्माण गरेको कोशी एण्ड न्यौपाने शिवशक्ति जेभीले गुपचुपमै भवन हस्तान्तरण गराइएको तथ्य फेला परेको छ । २ पटकको थप म्याद र संघीय आयोजना कार्यान्वयन इकाईलाई १० प्रतिशत हर्जाना रकम तिरेपछि निर्माण कम्पनीले गुपचुपमै भवन हस्तान्तरण गरेको स्थानीयको दाबी छ ।

स्थानीय पत्रकार हेमराज भट्टले भवन हस्तान्तरणबारे स्थानीयलाई कुनै जानकारी नभएको बतए । अझै केही कार्य समेत अधुरो रहेको स्थानीयको भनाई छ ।

सो भवन निर्माण गर्न कम्पनीले ७ वर्ष लगायो । २०६८ जेठ २३ गते सम्झौता गरेको कम्पनीले २०७० जेठ ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो तर कम्पनीले २०७५ साउनमा निर्माण सम्पन्न गरेर भुक्तानी रकम पनि सबै लिइसकेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x