×

NMB BANK
NIC ASIA

जिल्ला सचिवमा घटुवा भएका ४ नेतालाई इञ्चार्ज बनाएर 'पुरस्कार', अन्य २ सह-इञ्चार्ज तोकिए !

साउन ५, २०७६

NTC
फाइल फोटोमा प्रदेश ३ का मन्त्री तथा धादिङ इञ्चार्ज शालिकराम जम्कट्टेल
Premier Steels

काठमाडौंगत वैशाख १० गते नेकपाले जिल्ला तहको एकतालाई अन्तिम रूप दिँदा ९ केन्द्रीय सदस्य घटुवामा परेका थिए । अर्थात् उनीहरूलाई जिल्ला सचिवको जिम्मेवारी तोकिएको थियो ।

Muktinath Bank

भागबण्डा मिलाउने क्रममा एमाले र माओवादी केन्द्र एकता हुनुअघिका जिल्ला अध्यक्षहरूलाई अध्यक्ष र सचिव बनाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीका सचिव र पूर्व माओवादी अध्यक्ष भएको जिल्लामा पूर्व एमालेका नेता सचिव बनेका थिए ।


Advertisment
Nabil box
Kumari

यसरी भागबण्डा मिलाउँदा ९ जना केन्द्रीय सदस्यलाई सचिव बनाइयो । उनीहरूमध्ये अधिकांशले असन्तुष्टि जनाए । केहीले त पद नै अस्वीकार गरे ।

Vianet communication

अन्तत: केही नेताले पार्टीको निर्देशनबमोजिम सचिव पदको शपथ समेत लिए । पहिले सचिव तोकिएका ४ नेतालाई नेकपाले जिल्ला इञ्चार्ज बनाएर पुरस्कृत गरेको छ । 

प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जम्कट्टेल धादिङ जिल्ला इञ्चार्ज बनेका छन् । उनी पहिले जिल्ला सचिव तोकिएका थिए ।

यसरी सचिव बनेर पनि इञ्चार्जमा बढुवा हुनेहरूमा डाचाराम वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट र जोगकुमार बर्बरिया यादव  (श्रवण) धनुषा छन् ।

यसैगरी पहिले सचिव तोकिएका २ नेताले सह-इञ्चार्जको जिम्मेवारी पाएका छन् । दधिराम न्यौपानेलाई रुपन्देही र गोपी अछामीलाई मोरङमा सह-इञ्चार्ज तोकिएको हो ।

पहिले घटुवामा परेका काठमाडौंका हिमाल शर्मा, सिरहाका प्रमोद नारायण यादव र सिन्धुपाल्चोकका दावा तामाङको नाम भने नयाँ सूचीमा छैन ।

पढ्नुहोस्, यो पनि :

यी हुन् ७७ जिल्ला र ६ महानगरका नेकपा इञ्चार्ज तथा सह–इञ्चार्ज [सूचीसहित]​

नेकपामा जिल्ला सह-इन्चार्जको संख्या अस्वाभाविक, कहीं १० कहीं शून्य !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x