![यी हुन् ७७ जिल्ला र ६ महानगरका नेकपा इञ्चार्ज तथा सह–इञ्चार्ज [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/NCP-1_rdh0zd7ex5.png)
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।
'७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यताप्राप्त ६ महानगरका इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लागेको छ,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने । श्रेष्ठका अनुसार पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह-इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
पूर्व एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा पूर्व माओवादीको सह-इञ्चार्ज र पूर्व माओवादीको इञ्चार्ज भएको जिल्लामा पूर्व एमालेको सह-इञ्चार्ज रहेका छन् ।
कुल ८३ मध्ये ४५ जना पूर्व एमाले तथा ३८ पूर्व माओवादीका तर्फबाट इञ्चार्ज बनेका छन् ।
हेर्नुहोस्, सूची :






