०२ साउन २०८३, शनिबार

सञ्चारगृहबाहिर शङ्कास्पद गाडी : मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास, निष्पक्ष छानबिन गर्न रास्वपाको माग

असार २९, २०८३
काठमाडौं
सञ्चारगृहबाहिर शङ्कास्पद गाडी : मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास, निष्पक्ष छानबिन गर्न रास्वपाको माग
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शङ्कास्पद रूपमा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले यस्ता गतिविधिले सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास गरेको भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्न पाउने वातावरणमाथि धावा बोल्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।

रास्वपाले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा आफू सदैव दृढ रहेको उल्लेख गर्दै कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

पार्टीले घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी कानूनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।

साथै, रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रताको रक्षामा सधैं साथ रहने प्रतिबद्धता जनाएको छ।​

null

 

salt training

कमेन्ट गर्नुहोस्