मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
साउन २४, २०७६
बुटवल –रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।
‘आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको हो,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख घिमिरेले भने ।
लगानी सम्मेलनबाट २ अर्ब लगानी भित्र्याउने नगरपालिकाको लक्ष्य छ ।
सम्मेलनमा आयोजक सहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिने बताउँदै नगर प्रमुख घिमिरेले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
‘यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो । हामीले स्थानीय/स्वदेशी लगानीकर्ता तथा विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाँहरूसँग लगानीका लागि सहयोगी हुन सक्ने बैंक, वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई पनि सम्मेलनमा सहभागी गराउने प्रयास गरेका छौ ं’ उनले भने ।
त्यति मात्रै होइन, वित्त परिचालन, व्यवसाय सञ्चालनमा सजिलो पार्ने कुरामा परामर्श दिने तथा मुलुकलाई सहयोग गर्न तत्पर हुने संस्थाहरू पनि सम्मेलनमा सहभागी हुँदैछन् । त्यसले गर्दा मूलतः यो सम्मेलन लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हुनेछ ।
सम्मेलनका लागि करीब ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
सम्मेलनका लागि निजी क्षेत्रसँग सम्बद्ध संघ–संस्थासँग सहकार्य गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताइन् ।
सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाहरूका साथै भारत, चीनबाट लगानीकर्ताहरू सहभागी हुनेछन् ।
तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो । साविकका सात वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ) मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो । यहाँ दिनहुँ चार वटा नयाँ घर थपिने गरेका छन् भने उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ ।
रुपन्देहीकै मध्यभागको अवस्थिति, बीचबाट सिक्सलेन र बौद्ध परिक्रमा पथ, भारतीय सीमाबाट नजिक, नजिकैं बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी बढिरहेको छ ।
लगानी सम्मेलनपछि यहाँ आउने लगानी, पूँजी र ज्ञानले नगर समृद्धिको मार्गचित्र कोर्ने भएकाले यो लगानी सम्मेलन सबैको साझा प्रयास भएको प्रमुख घिमिरेले बताए ।
‘यो एउटा सहकारिता, सहकार्य र सह–अस्तित्वको अभियान पनि हो । यो सम्मेलन लगानी जुटाउने आफैंमा एउटा उत्सव हो,’ उनले भने ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...