×

NMB BANK
NIC ASIA

एटीएम ह्याकिङ प्रकरण

सिंगापुरबाट विज्ञ आएपछि शुरू भयो नयाँ च्याप्टरको अनुसन्धान, नेपालमा भेटिएनन् ह्याकिङ विज्ञ

भदौ १९, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपालमा एटीएम ह्याकिङ सम्बन्धी विज्ञ फेला नपरेपछि सिंगापुरबाट विज्ञ मगाएर प्राविधिक अनुसन्धान थालिएको छ ।

Muktinath Bank

शुक्रवार भएको एटीएम ह्याकिङ सम्बन्धमा राष्ट्र बैंकले तयार गरेको प्रतिवेदन अनुसार नेपालमा एटीएम ह्याकिङ सम्बन्धी विज्ञ नै नभएको देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा ‘नेप्स स्वीच’ वा ‘भिजा नेटवर्क’ कुन ह्याक भएको भन्ने कुरा प्रस्ट पारिएको छैन ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा भनिएको छ, ‘भिसा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कहीँकतै कसैले अनधिकृत रुपमा नियन्त्रणमा लिई उल्लेखित अनधिकृत कारोबार हुन गएको अनुमान रहेको । यस सम्बन्धमा फरेन्सिक विज्ञबाट प्रतिवेदन प्राप्त गर्नुपर्ने ।’

Vianet communication

नेपाल राष्ट्र बैंकमा सूचना प्रविधि विभाग पनि छ । राष्ट्र बैंकमा यस्ता ह्याकिङ सम्बन्धी विज्ञ भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दावी गरे । तर बैंकको टोलीले गरेको अनुसन्धानमा ह्याकिङको स्पष्ट कारण पत्ता लगाउन सकेन । ‘राष्ट्र बैंकमा यस्ता खालमा समस्या समाधानको लागि सूचना प्रविधि विभाग नै छुट्टै छ,’ उनले भने । 

सूचना प्रविधिको विकाससँगै यसका प्रयोग गर्ने तौरतरिका पनि परिर्वतन भएका हुन्छन् । समय–समयमा प्रविधिमा स्तरोन्नति (अपग्रेड) नभएकाले समस्या पहिचान हुन नसकेको हुनसक्ने निरौलाले लोकान्तरलाई बताए ।

सिंगापुरबाट विज्ञ टोली

एटीएम ह्याकिङको सूक्ष्म अध्ययनको लागि सिंगापुुरबाट विज्ञ टोली नेपाल आएको छ । बुधवार रातिदेखी नै आईटी सम्बन्धी दक्षता राख्ने कानूनी मान्यता प्राप्त विज्ञले काम गरिरहेको राष्ट्र बैंकका प्रवक्ता निरौलाले बताए ।

‘उहाँहरूले हिजै (बुधवार) देखि काम थाल्नुभएको छ । मलाई लाग्छ अबको ३ दिनभित्रमा यथार्थ विवरण बाहिर निकाल्नुहुन्छ ।’

‘बाहिरबाट विज्ञ ल्याउनुको अर्थ नेपालमा नै विज्ञ नभएको भन्न मिल्दैन । कतिपय अवस्थामा नेपालका डाक्टरहरूले उपचार गर्न नसकेको अवस्थामा विदेशी डाक्टरलाई ल्याएजस्तै हो,’ प्रवक्ता निरौलाले थपे ।

ह्याकिङमा पूर्ण दक्षता राख्ने जनशक्ति छैन नेपालमा

नेपालमा ह्याकिङ सम्बन्धी पूर्ण दक्ष जनशक्ति नभएको नेपाल प्रहरीका एक उच्च अधिकारी स्वीकार्छन् । ‘स्वीचहरूको कुरा गरिएको छ । ‘मालवेयर’को कुरा गरिएको छ । यस्ता प्राविधिक शब्द अथवा भाइरसहरूलाई कसरी सुरक्षित गर्ने भन्ने विज्ञ नेपालमा भएको देखिँदैन,’ उनले भने ।

मालवेयर अट्याक, स्वीच अट्याक भन्नेको विश्लेषण गर्ने प्राविधिक विज्ञ नेपालमा छैनन् । प्राविधिक शब्दमा यसलाई ‘भल्नरेबिलिटी एसेस’ (जोखिम मूल्यांकन) भनिन्छ । यसको विश्लेषण गर्ने प्राविधिक विज्ञ चाहिने उनले बताए ।

‘यसभन्दा अगाडि व्यक्तिको खातामा वा बैंकको सिस्टममा सूचना जान्थ्यो तर अहिले त्यस्तो भएको देखिँदैन । पूर्णरुपमा बैंकको सिस्टमलाई बाइवास गरेको देखिन्छ,’ उनले भने, ‘नेपालमा ह्याकिङ सम्बन्धी पूर्ण दक्ष जनशक्ति छैनन् भन्दा पनि हुन्छ । यस्ता घटना पहिला पनि भएका हुन् तर कसैले पनि ध्यान दिएको देखिएन । सबै बैंकमा प्राविधिक कुराको अध्ययन गर्ने समिति राख्नुपर्ने हो तर अहिलेसम्म कुनै पनि बैंकले त्यसो गरेको मलाई लाग्दैन ।’

आइतवार प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ सोमवार पक्राउ परेका छन् । एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने ३ नेपाली पनि सोमवार पक्राउ परेका छन् ।

अभियुक्तले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

केन्द्रीय बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले नेपाल र भारतका विभिन्न एटीएम मशिनबाट अनधिकृत रुपमा बढीमा ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालिएको जनाएको छ । योमध्ये केही कारोबार वास्तविक रहेकाले चोरी भएको रकम घट्न सक्ने अनुमान समेत गरिएको छ ।

समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिजा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ः३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ । प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x