एन्जेलिना जोलीको मेलफिसेन्ट

काठमाडौं –   हलिउड अभिनेत्री एन्जेलिना जोलीको आगामी फिल्म ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को १८ अक्टोबरमा हिन्दी र अंग्रेजीमा संसारभर एकैसाथ रिलिज हुँदैछ । हिन्दी संस्करणमा अभिनेत्री ऐश्वर्या रायले एन्जेलिनाको आवाज हिन्दीमा डब गर्दैछिन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले आधिकारिक रूपमा ऐश्वर्या रायले डिजनी यूनिभर्स ज्वाइन गरेको जानकारी दिएका छन् । छ वर्षपछि ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को सिक्वेल आएको छ ।


Advertisement

यसअघि सन् २०१४ मा ‘मेलफिसेन्ट’ प्रदर्शनमा आएको थियो, जसमा एन्जेलिना जोलीले नै मुख्य भूमिका निभाएकी थिइन् । अहिलेको सिक्वेल फिल्ममा एली फेनिङ, सेम रिले, इमेल्डा स्टान्टन, जूना टेम्पल, लेसले मेनविले लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 

कमेन्ट गर्नुहोस्