×

NMB BANK
NIC ASIA

बुटवलका सामुदायिक विद्यालयहरूको भौतिक सुधार, गुणस्तरीय शैक्षिक वातावरण बन्दै

कात्तिक ८, २०७६

NTC
Premier Steels

बुटवल - बुटवल उपमहानगरपालिकाले विद्यालय क्षेत्र सुधार अभियान स्वरुप सामुदायिक विद्यालयमा भौतिक पुर्वाधार निर्माण तथा पुनःनिर्माणमा जोड दिएको छ ।

Muktinath Bank

शिक्षामा माध्यामिक तहसम्मको अधिकार स्थानीय तहलाई आएपछि बुटवल उपमहानगरपासलिकाले विद्यालयको भौतिक पूर्वाधार सुधार अभियान सुरु गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षाको गुणस्तर बढाउने देखि विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि संगसंगै अभियान सञ्चालन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले नगर शिक्षा योजना निर्माणदेखि शैक्षिक संगोष्ठिमार्फत स्थानीय पाठ्यक्रम निर्माणसम्मका काम सम्पन्न भइसकेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिकामा हालसम्म १० वटा सामुदायिक विद्यालयका आधुनिक भवन निर्माण तथा पुनर्निर्माणका काम भइरहेका छन् । निर्माण कार्य सकिसकेका र निर्माणाधिन अवस्थामा रहेका १० वटा विद्यालयहरुलाई उपमहानगरपालिकाले रकम निकासा गरिसकेको छ ।

Vianet communication

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को शैक्षिक कार्यक्रम अन्तर्गत सञ्चालित भौतिक निर्माणका कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई उक्त रकम निकासा गरेको उपमहानगरपालिकाका शिक्षा महाशाखा संयोजक मित्रमणि खनालले जानकारी दिए  । 

उपमहानगरपालिका अन्तर्गतका नहरपुर माध्यमिक विद्यालय, मोतीपुर माध्यमिक विद्यालय, जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने प्राथमिक विद्यालय, जितेश्वरी माध्यमिक विद्यालयका नयाँ भवन निर्माण भएका छन् । यीमध्ये कतिपय विद्यालयका भवन पुनर्निर्माणपनि गरिएका छन् ।

यस्तै बुटवलकै लक्ष्मी मा.वि., नयाँगाउँ मा.वि, ज्ञानोदय मा.वि., नवरत्न मा.वि., सूर्योदय प्रा.वि. र सहिद स्मृति प्रा.विमा भौतिक पुर्वाधार निर्माणका काम सम्पन्न भइसकेको बुटववल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए  ।

नहरपुर मा.वि.मा शैक्षिक विकास कोषबाट १६ लाख ६८ हजार सात सय ६४ रुपैंया तथा शशर्त अनुदानबाट ३२ लाख गरि ४८ लाख ६८ हजार सात सय ६४ रुपैंया निकासा भइसकेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए  ।

शैक्षिक गुणस्तर सुधारका साथै भौतिक पूर्वाधार निर्माणका काम पनि संगसंगै सञ्चालन गरिएकाले हौसला बढेको नहरपुर माविका प्रअ धनिश्वर गौतमले बताए  ।

त्यस्तै मोतिपुर मा.वि.लाई अधुरो भवन पूरा गर्न एक लाख रुपैंया, जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने प्रा.वि.लाई अधुरो भवन निर्माण गर्न १६ लाख रुपैंया निकासा गरिएको छ । यस्तै जितेश्वरी माध्यमिक विद्यालय, लक्ष्मी मा.वि. र नयाँगाउँ मा.वि.लाई लागत स्टीमेट बमोजिम रकम नपुग भई निर्माण कार्य सम्पन्न गर्न प्रति विद्यालय आठ लाख ६८ हजार सात सय ६४ रुपैंया रकम निकासा गरेको छ ।

यी विद्यालयहरुलाई प्रदेश सरकारकोसामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले ४ कोठे भवन उपलब्ध गराएको हो । त्यस्तै ज्ञानोदय माध्यमिक विद्यालयलाई भवन निर्माण गर्न सात लाख, नवरत्न मा.वि.लाई भवन तथा ट्रष्ट निर्माणको लागि २० लाख रकम निकासा गरेको छ ।

कम्पाउण्ड वाल नभई विद्यालयमा असहजता भएको भनी सूर्योदय प्रा.वि. र सहिद स्मृति प्रा.वि.लाई कम्पाउण्ड वाल बापतको प्रति विद्यालय १० लाख रुपैंया निकासा गरिएको छ । विद्यालयहरुले वाल निर्माणको काम गरिसकेका छन् ।

उपमहानगरपालिका नगर शिक्षा योजना तयार गरि लागु गर्ने पहिलो स्थानिय तह हो । उपमहानगरपालिकाले उक्त योजना अनुरुप स्थानिय पाठ्यक्रम तयार गरी लागु गरिसकेको छ ।

त्यस्तै उच्च शिक्षामा प्राविधिक विषयका बारेमा कार्यदल बनाएर हाल प्राविधिक शिक्षाको विस्तार गर्ने योजनामा रहेको उपमहानगरपालिकाकी उपप्रमुख गोमा देवी आचार्यले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x