×

NMB BANK
NIC ASIA

राष्ट्रिय सतर्कता केन्द्रले मंसिर १ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका कार्यालयमा अनुगमन गर्दा १९ जना कर्मचारीले समयको पालना नगरेको पाइयो ।

Muktinath Bank

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार १ जना कर्मचारीले कार्यालय पोशाक समेत लगाएका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंकै गोकर्णेश्वर नगरपालिकामा ९ जना कर्मचारी कार्यालय समयमै हाजिर भएनन् भने ५ जना कर्मचारी कार्यालय पोशाक नलगाई कार्यालय आए । केन्द्रका अनुसार चन्द्रागिरी नगरपालिकामा ३ जना कर्मचारी कार्यालय समयमै हाजिर भएनन् भने ५ जना कर्मचारी कार्यालय पोशाक नै नलगाई हाजिर भए ।


Advertisment
Nabil box
Kumari

यी केही प्रतिनिधि घटना हुन् । स्थानीय तहका कर्मचारीलाई अनुशासित र मर्यादित बनाउन जनप्रतिनिधि नै सक्रिय हुनुपर्नेमा कर्मचारी कर्मचारीलाई छाडा छाडिएको पाइएको छ । स्थानीय तहको राजनीतिक नेतृत्व गर्ने जनप्रतिनिधिले प्रशासनिक नेतृत्व गर्ने कर्मचारीमाथि लगाम लगाउन सकेका छैनन् ।

Vianet communication

काठमाडौंकै गोश्वारा हुलाक कार्यालय समयानुकूल सुधार नभएको र आवश्यकताभन्दा धेरै कर्मचारी भएको गुनासो समय–समयमा आउने गर्छ । मंसिर १ गते सतर्कता केन्द्रले अनुगमन गर्दा कार्यालयमा काम गर्ने ३० जना कर्मचारी पोशाक नै नलगाई कार्यालयमा आएका भेटिएको सूचना अधिकारी अर्यालले बताए ।

भन्सार विभाग दैनिक रुपमा धेरै काम सम्पादन हुने कार्यालय हो तर मंसिर २ गते विभागमा काम गर्ने १२ जना कर्मचारी समयमा कार्यालयमा नआएको सतर्कता केन्द्रको अनुगमनमा फेला परेको छ ।

राष्ट्रिय सतकर्ता केन्द्रले मंसिर १, २, ३ र ४ गते काठमाडौं उपत्यकाका स्थानीय तहका कार्यालयसहित ५४ वटा कार्यालयको अनुगमन गरेको थियो । जसमा २५८ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई विभागीय कारवाहीको लागि सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ ।

‘कार्यालयमा काम गर्ने कर्मचारीले आधारभूत अनुशासन उल्लंघन गर्ने र जनप्रतिनिधिले बेवास्ता गर्ने गरेको देखिएको छ,’ सूचना अधिकारी अर्यालले भने, ‘कर्मचारीले कार्यालय समय पालना नगर्ने र नियमित पोशाक नलगाउने प्रवृृत्तिप्रति जनप्रतिनिधिले कम चासो राखेको देखिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x