घरेलु तथा साना उद्योगको प्रवद्र्घन सरकारको प्राथमिकता : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा सोमवार भएको भेटमा उनले भने, ‘लघु, घरेलु तथा साना उद्योगहरूसँग सिंगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।’


Advertisement

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गर्दै गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए ।


Advertisement

‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ,’ उनले भने, ‘यसका पछाडि २–३ वटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौं, ती उद्योगहरू व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरू । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरूलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।’

कमेन्ट गर्नुहोस्