प्रधानमन्त्री उपचारार्थ रहेका बेला प्रचण्डले डाके नेकपा सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक डाकेका छन्।

४ मंसिरमा भएको सहमति अनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलोपटक बुधबार बिहानका लागि बैठक आयोजना गरेका  हुन्। नेकपा महासचिव  विष्णु पौडेलका अनुसार बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।


Advertisement

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारार्थ अस्पतालमै रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो।
 


Advertisement

कमेन्ट गर्नुहोस्