कारमै यौन सम्बन्ध राखिरहेको जोडीलाई गोली ठोकेपछि...

कारमै यौन सम्बन्ध राखिरहेको एउटा जोडीलाई  गोली प्रहार गरी मारिदिइएको छ। चोरले उक्त जोडीलाई गोली प्रहार गरी मार्नुका साथै कार लिएर हिँडेको छ।

यो घटना यूक्रेनको गुटिरिवमा भएको हो। यो मुद्दामा स्थानीय अदालतले मुख्य आरोपीलाई आजीवन कारावास र सहआरोपीलाई १२ वर्षको जेल सजाए सुनाएको छ। 


Advertisement

अभियुक्तहरुले पोल्तावा रीजनल कोर्टमा दिएको बयान अनुसार  उक्त जोडी हप्तामा विशेष दिन घटना भएको ठाउँमा जान्थ्यो।  यो जानकारी पाएपछि आफूहरुले हमला गरेको बताएका छन्।

रिपोर्ट अनुसार एन्ड्रीवले यूरीको टाउकोमा गोली हानेका थिए, भने उनकी प्रेमिकालाई सुनको गहना दिन भनेका थिए। ती युवतीले सुनको गहना दिएपछि उनको टाउकोमा पनि गोली प्रहार भएको थियो। घटनापछि आरोपीहरु कार लिएर घर हिँडे र ग्यारेजमा लुकाएर राखे।


Advertisement

घटनाको १ वर्षपछि एन्ड्रीवले कारको पार्ट्स अनलाइनबाट बेच्ने कोशिष गरे। त्यसपछि प्रहरीले थाहा पाएको थियो। 

डेली मेलको रिपोर्ट अनुसार प्रहरी प्रवक्ता रसलन बिरयुकोवले भनेका छन्, गोली हानेपछि चोरलाई जोडीलाई जिउँदै गाडिदिएका थिए। जिउँदै गाड्दा  प्रेमीप्रेमिकाको एकअर्काको हातलाई जोडिएको थियो। पछि शव बरामद भयो। यो घटना जून २०१६ मा भएको  थियो। एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्