×

NMB BANK
NIC ASIA

संसदीय दलमा कुरा उठेपछि प्रचण्डको जवाफ– सीमा समस्या समाधानका लागि भारतले वास्तै गरेन !

पुस ४, २०७६

NTC
फाइल फोटो
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको नक्सा सच्चाउन गरिएको आग्रहलाई भारतले बेवास्ता गरेको बताएका छन् ।

Muktinath Bank

नेकपा संसदीय दलको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कालापानीमा नेपाली भू–भाग समेत समेटेर जारी नक्सा सच्याउन नेपाल सरकारले गरेको आग्रहलाई भारतले वास्तै नगरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा मिचिएको नेपाली भूमि फिर्ता गर्न र नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न भारतलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको छ,’ प्रचण्डले संसदीय दलको बैठकमा भने । 


Advertisment
Nabil box
Kumari

मिचिएको नेपाली भूमि विनाशर्त फिर्ता गर्नुपर्नेमा सरकार र नेकपाको अडान कायम रहेको प्रचण्डले सुनाएका थिए ।

Vianet communication

सीमा समस्या हल गर्ने विषयमा स्थायी समितिमा पनि छलफल चलिरहेको भन्दै प्रचण्डले नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताए । 

जारी स्थायी समिति बैठकमा पेश गरिएको प्रचण्डको राजनीतिक प्रतिवेदनमा सीमा विवाद हल गर्ने एजेण्डा पनि छ । प्रचण्डले संसद्को अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । 

‘सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले ल्याएका विधेयक पारित गराउन सक्रिय रूपमा लाग्नुहोला,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले लोकान्तरसँग भने । 

बैठकमा नेता भीम रावलले सीमा मिचिएको बारे संसदीय दलबाट निर्णय गराएर नेपाली भूमि फिर्ताका लागि दबाब दिनुपर्ने बताएका थिए । उनले नेपाली भूमि फिर्ताका लागि सरकारले गरेको प्रयासको प्रशंसा गर्दै सरकारलाई धन्यवाद प्रस्ताव पारित गर्न संसदीय दलमा प्रस्ताव गरेका थिए । उनले एमसीसी र इन्डोप्यासिफिसकको बारेमा पनि धारणा बनाउनुपर्ने बताएका थिए । 

नेता जनार्दन शर्मा र खगराज अधिकारीले पनि नेपाली भूमि फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक रोखर प्रयास गरेको भन्दै धन्यवाद प्रस्ताव पारित गर्न आग्रह गरेका थिए । 

सांसद अधिकारीले आफूले संसद्मा दर्ता गरेको सीमासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई महत्त्व दिएर छलफलमा ल्याउन माग गरे ।

संसद् विपक्षीको मात्र होइन

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले ल्याएका विधेयकको पक्षमा खुलेर बहस गर्न सांसदहरूलाई आग्रह गरे । संसद् विपक्षीको मात्र नभएको भन्दै उनले सत्ता पक्षका सांसदहरू पनि खरोरूपमा बहसमा उत्रिनुपर्ने बताए । 

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि प्रचण्ड र नेम्वाङले सम्बोधन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x