×

NMB BANK
NIC ASIA

फरार अपराधीलाई सार्वजनिक सेवासुविधा रोक्न पत्राचार, विद्युत्मा ‘सफ्टवेयर’

पुस २४, २०७६

NTC
Premier Steels

अदालतबाट दोषी ठहर भएका र तोकिएको जरिवाना तथा कैद भुक्तान नगरेका फरार व्यक्तिलाई सार्वजनिक सेवासुविधा रोक्न सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले विभिन्न निकायमा पत्राचार गरेको छ ।

Muktinath Bank

खानेपानी, मालपोत, राहदानी विभाग लगायत २९ वटा सरकारी कार्यालयमा फरार व्यक्तिको विवरण पठाइएको निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले अब यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरणमा सफ्टवेयर बनाएर पठाउँदैछौं । जसमा सेवा लिन आउने सेवाग्राही कानूनको दृष्टिमा फरार व्यक्ति रहेछ भने त्यहाँ तुरुन्त थाहा हुन्छ,’ निर्देशनालयका महानिर्देशक सिंहले भने ।


Advertisment
Nabil box
Kumari

कानून अनुसार भुक्तान गर्नुपर्ने सजाय भुक्तान नगरी ती व्यक्तिले सेवा प्राप्त गर्न नसक्ने सिंहले बताए । नेपालमा विक्रम संवत् २००१ सालदेखि हालसम्म अदालतले दोषी ठहर गरेको तर सजाय भुक्तान नगरेका व्यक्ति १ लाख १६ हजार ८२१ जना रहेको निर्देशनालयले जनाएको छ । जसमा १ लाख १५ हजार २७५ जना स्वदेशी र १ हजार ५४६ जना विदेशी रहेका छन् ।

Vianet communication

हालसम्म जरिवानातर्फ १४ अर्ब ५ करोड ४३ लाख १७ हजार ६७९ रुपैयाँ भुक्तान हुन बाँकी छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९२ करोड १५ लाख ६३ हजार ८४३ रुपैयाँ भुक्तान भएको र चालू आर्थिक वर्षको मंसिर महिनासम्म ८८ करोड रुपैयाँभन्दा बढी भुक्तान भइसकेको निर्देशनालयका महानिर्देशक सिंहले बताए ।

सर्वोच्च अदालत नियमावली २०७४ को नियम १४० (२) मा फैसला कार्यान्वयनको सिलसिलामा निर्देशनालयले दिएको आदेशकोे पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुने उल्लेख छ । नियम १४० (४) मा निर्देशनालयले दण्ड जरिवाना वा सरकारी बिगो बुझाउन बाँकी रहेको व्यक्तिलाई खानेपानी, विद्युत्, टेलिफोन जस्ता सार्वजनिक सेवा प्रदान गर्न रोक लगाउन सार्वजनिक सेवाको नियमन र वितरण गर्ने निकायलाई अनुरोध गरेमा सो बमोजिम सेवामा रोक लगाएर दण्ड जरिवाना बुझाएपछि सेवा प्रवाह गर्नु सम्बन्धित निकायको कर्तव्य हुने उल्लेख छ ।

महानिर्देशक गजेन्द्रबहादुर सिंह

निर्देशनालयका महानिर्देशक सिंहले कानून अनुसार दण्ड जरिवाना बुझाउन सहयोग नगरेमा सम्बन्धित कर्मचारीलाई कानून बमोजिम कारबाही हुने बताए । ‘दण्ड जरिवाना भुक्तान गर्नुपर्ने व्यक्तिलाई गिरफ्तार गर्न सहयोग गरेमा सम्बन्धित दोषीले बुझाउनुपर्ने जरिवानाको २५ प्रतिशत पुरस्कार स्वरुप करकट्टि गरेर पाउने व्यवस्था कानूनमा छ,’ महानिर्देशक सिंहले भने ।

हाल २४ जिल्लामा फैसला कार्यान्वयन अभियान चलिरहेको र अभियान सन्तोषजनक रहेको निर्देशनालयले जनाएको छ । विक्रम संवत् २००१ देखि २०३५ सालसम्मको तथ्यांक संकलन कार्य भइरहेको र वास्तविक तथ्यांक आएपछि २०३५ सालसम्मको संख्यालाई शून्यमा झार्ने निर्देशनालयको तयारी रहेको महानिर्देशक सिंहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x