शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेसहित ३ जनाले नै पाए सफाइ

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अन्तिम सुनुवाइपछि चितवन जिल्ला अदालतले रवि लामिछाने, दीपक कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।


Advertisement

भिडियोलाई मात्र विश्वसनीय प्रमाण मान्न नसकिने भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित तीनै जनालाई सफाइ दिएको उनका वकिल वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

पूर्वसहकर्मी शालिकराम पुडासैनीले लामिछाने लगायत ३ जनाको नाम लिएको भिडियो छाडेर आत्महत्या गरेपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।


Advertisement

गएको साउन ३१ गते पक्राउ परेका लामिछाने ५ लाख र कंडेल ३ लाख धरौटीमा रिहा भएका थिए । शालिकरामले नाम लिएकी कार्कीलाई भने त्यतिबेला साधारण तारेखमा छाडिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्