कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
माघ ६, २०७६
दैलेखमा पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ ।
पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो ।
दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भूभागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु भइरहेको छ ।
अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको जनाइएको छ । एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए ।
सोमबार साँझमात्र एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ ।
बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ ।
अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरु सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम शुरु गरिएको हो ।
कसरी हुन्छ सेस्मिक सर्भे जमीनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्ग जमीनको सतहमुनिको धेरै गहिराइसम्म पठाइन्छ, जमीनको तल्लो सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड गरिन्छ ।
रेकर्ड गरिएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ । यसले कुन स्थानमा भण्डारण धेरै सम्भावना छ त्यो कुरा पत्ता लगाउन मद्दत पुग्दछ, भूगर्भविद् डा त्रिपाठीले भने ।
अन्वेषणका लागि दैलेखको चुप्रामा शुरुआतीदेखि नै क्याम्प निर्माण गरेर काम थालिएको छ । अहिले दैलेखको दुल्लू नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञको समूह बसेको छ । दुल्लूबाट पूर्वी क्षेत्रका सेस्मिक लाइनहरुमा काम गर्न सहज हुने भएपछि टोली दुल्लूमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
जिल्लाभरको सुरक्षा व्यवस्थापनबारे पनि जिल्ला प्रशासनले सम्बन्धित सुरक्षाप्रमुखहरुसँग सहकार्य गरेर काम अगाडि बढाएको प्रजिअ कट्टेलले बताए ।
दैलेखका विभिन्न स्थानमा सयौँ वर्षदेखि ग्यासका रुपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा यस क्षेत्रमा ग्यास वा अन्य पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भइसकेको छ ।
यसैका आधारमा विभिन्न सर्भे अन्य जिल्लामा गरिएको भए पनि दैलेखमा सेस्मिक सर्भेसम्मको काम अहिलेसम्म भएको थिएन । विगत दश वर्षदेखि अन्वेषण कार्यमा लागेका भोजपुरका एक कामदार अहिले दैलेखको अन्वेषण कार्यमा संलग्न छन् ।
उनले ७५ प्रतिशत सम्भावना नजीक भएको बताए । यसपालिको अन्वेषणमा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई जानकारी गराएको र जमीनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएको भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...