अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समयावधि थप

अर्घाखाँची सिमेन्ट प्रा.लिले आफ्ना उपभोक्ताका लागि विगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधि थपेको छ ।

अर्घाखाँची सिमेन्टप्रति ग्राहकले देखाएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा उत्साहजनक सहभागितालाई सम्मान गर्दै यस शेओर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले आज प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको हो । 


Advertisement

‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडांै उपहार,’ नारा दिइएको यस  योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचांै वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो । 

कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरू केही पनि परिवर्तन नभएको पनि जनाएको छ । 


Advertisement

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपीसी वा पीपीसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन पाउनेछन् जसलाई स्क्र्याच गरी उपभोक्ताहरूले रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको शेओर सट नगद उपहार पाउनेछन् । 

यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । 

देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा शेओर सट नगद उपहार प्राप्त गर्नेछन् । 

‘यस योजनाअन्तर्गत हामीले हाम्रा उपभोक्ता महानुभावहरूबाट पाएको साथ, सद्भाव एवं विश्वासप्रति हामी निकै हर्षित छौं । उहाँहरूसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधि थपिएको हो,’ कम्पनीका सहायक महाप्रबन्धक रमेश थापा भन्छन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्