×

NMB BANK
NIC ASIA

देशको शान्ति सुरक्षा आधारभूत रुपमा नियन्त्रणमाः गृहमन्त्री थापा

माघ ११, २०७६

NTC
Premier Steels

गृहमन्त्री रामबहादुर थापा बादलले देशको शान्ति सुरक्षाको अवस्था आधारभूत रुपमा नियन्त्रणमा आएको बताएका छन् ।

Muktinath Bank

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन सुर्खेत आइपुगेका गृहमन्त्री बादलले पत्रकारसँग कुराकानी गर्दै देशमा विप्लव समूहका सबै गतिविधि नियन्त्रणमा भने नआइसकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले आधारभूत रुपमा नियन्त्रणमा लिइरहेका छौं । कतिपय विप्लव समूहका कार्यकर्ता मूल धारको राजनीतिमा आइरहेका छन्,’ उनले भने, ‘संविधान नमान्ने तत्वलाई हामी नियन्त्रणमा लिइरहेका छौं । विगतको भन्दा अहिले शान्ति सुरक्षामा व्यापक मात्रामा सुधार भएको छ ।’


Advertisment
Nabil box
Kumari

उनले देशमा शान्ति सुरक्षा नै समृद्धिको पहिलो आधार भएकाले राज्य व्यवस्थता तथा प्रणालीको विरोध गर्ने समूहलाई नियन्त्रणमा लिइने बताए । उनले देशमा यस्ता समूहलाई छिट्टै नियन्त्रणमा लिन सरकार सक्षम भएको बताए ।

Vianet communication

कर्णाली प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेतको सहभागिता रहेको उक्त कार्यक्रममा एमसीसिलाई सदनबाट नेपालको हितमा हुने गरी पारीत गरिने बताए ।

‘सम्झौतामा नै अमेरिकाको सिनेट र नेपालको प्रतिनिधि सभाबाट अनुमोदन गर्ने व्यवस्था राखिएको छ,’ गृहमन्त्री बादलले भने, ‘नेपालको हित विपरितका बुँदाहरु सुधार गर्दै सदनबाटै उक्त सम्झौता पारित हुन्छ । देशलाई असर पार्ने गरि कुनै पनि सम्झौता हुनेछैनन् ।’

उनले भारत र नेपालबीच नाकाबन्दीको बेलामा भएको तितो सम्वन्ध सुदृढ भएको बताए । यद्यपी लिपुलेकका बारेमा भारतले जारी गरेको नयाँ नक्साका कारण दुइ देशबिच केहि तिक्तता बढेतापनि कुटनीतिक माध्यमबाट समस्याको समाधान सरकारले खोजिरहेको बताए ।

गृहसचिव प्रेमकुमार राईले सुरक्षा निकायको कामको समीक्षा गरिने बताए ।

‘कार्यक्रममा गत वर्ष देखि अहिलेसम्मको स्थानीय सरकार, प्रदेश सरकारबीच भइरहेको समन्वय, शान्ति सुरक्षाको अवस्था आदिका विषयमा गम्भीर समीक्षा हुनेछ,’ उनले भने, ‘यसका अलावा आगामी दिनमा कसरी बढने भन्ने कुराको छलफल हुने छ ।’

उनका अनुसार कार्यक्रममा प्रदेशमा सुशासनको अवस्था, विकास निर्माणको अवस्था आदिका विषयमा व्यापक छलफल गरिनेछ । शुक्रबार देखि शुरूभएको उक्त कार्यक्रम आज शनिबार सम्पन्न हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x