×

NMB BANK
NIC ASIA

नेपालको संविधानप्रति भारतको अपरिवर्तित दृष्टिकोण : संकेत के ?

कात्तिक २०, २०७४

NTC
Premier Steels


शुक्रवार दिल्लीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारकर्मीहरूलाई सरकारी नीति, निर्णयसम्बन्धी जानकारी (ब्रिफिङ्ग) दिने क्रममा भनेछन् :--भारतले नेपालको मामीलामा हस्तक्षेप गरेको छैन, खालि संविधान समावेशी होस् भन्ने चाहना मात्र राख्दैआएको हो । भारतीय दूतावास सबै राजनीतिक पक्षसित सम्पर्कमा छ तर त्यसले कुनै राजनीतिक खेमाको पक्षमा यसो गर्नोस् उसो गर्नोस् भनेको वा दबाब दिने गरेको छैन । यस विषयमा भारतको दृष्टिकोणमा परिवर्तन भएको छैन ।

Muktinath Bank

भारतका सञ्चारमाध्यमहरूमा प्रमुखताका साथ प्रकाशित प्रवक्ताको उपर्युक्त कथनमा हाल चालू स्थानीय निर्वाचनको उल्लेख छैन । २०७२ असोज ३ गते त तत्कालीन प्रवक्ताले नयाँ संविधान जारी भएको जानकारीसम्म पाएको चर्चा भने पनि गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेसको नामबाट नेपाल तराईमा राजनीतिक प्रभुत्व जमाउन सक्ने ठानी एउटा समूहलाई दिल्लीले उक्साउँदा नयाँ संविधानको घोषणा संगसंगै औषधि समेतका मालवस्तुहरूको आपूर्ति रोकियो; भारतले नेपालमाथि आर्थिक नाकाबन्दी ग-यो । त्यस घटनाले नेपालमा भारत-विरोधी जनमत बाक्लो हुँदै गयो जुन युवापुस्ताका नेपालीको स्मृतिपटलबाट हत्पति मेटिने छाँट छैन । देश-देशबीचको सम्बन्ध नै बिग्रेर गयो । भारतको संसद्‌मै पनि नेपालसितको सम्बन्ध किन चिसो हुन गयो त्यसबारे बहस चल्यो । त्यस पृष्ठभूमिमा भारत र नेपाल दुबैतिरका कतिपय ‘जानकार’ विश्लेषकहरूले दिल्लीले गलत बाटो समातिएछ भनी महसूस गरेकोले आगामी दिनहरूमा सही बाटोमा आउने (कोर्स करेक्सन हुने) निष्कर्ष निकालेका थिए । तर यो ठम्याइ यथार्थ रहेनछ किनभने भारतीय प्रवक्ताले भर्खरै उनको सरकारको दृष्टिकोणमा कुनै परिवर्तन भएको छैन भनिदिएका छन् ।


Advertisment
Nabil box
Kumari

लोकतान्त्रिक देशको सरकारले लोकतन्त्रको पक्षमा विचार प्रकट गर्नु स्वाभाविक हो । परन्तु भारतको चासो त्यत्तिमा सीमित देखिँदैन । नेपालको राजनीतिक परिपाटी समावेशी हुनुपर्छ भन्ने क्रममा खास भौगोलिक क्षेत्रका खास मानिसको जमातलाई उचाल्ने उक्साउने कार्य हुँदै आएको छ जसलाई यहाँको घरेलु मामीलामा हस्तक्षेप नभने के भन्ने ? विदेश मन्त्रालयका प्रवक्ता स्वयं भन्दैछन्—भारतीय दूतावास सबै राजनीतिक पक्षहरूसित सम्पर्कमा छ । के यसरी सम्पर्क गर्दै हिंड्नु स्वीकृत अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता अनुरूपको व्यवहार हो ? दूतावासले आतिथेय देशको सरकारसित (र त्यस मार्फत) मात्र आफ्ना काम र गतिविधि सञ्चालन गर्ने हो कि होइन ? के अमेरिका, बेलायत, जर्मनी र जापानजस्ता मुलुकमा रहेका भारतीय दूतावासले यहाँ नेपालमा गरेझैं गर्न पाउँछन् ? पाएका छन् ?

Vianet communication

२०६३ सालको हेरफेरपछि भारतको एक संसदीय प्रतिनिधिमण्डल नेपाल आएको थियो । त्यसमा सामेल एक सदस्यले दिल्ली फर्केपछि पीटीआई समाचार संस्थालाई भनेका थिए:--नेपालको आन्तरिक मामीलामा हस्तक्षेप नगरिदिँदा नै भारतबाट नेपाललाई ठूलो सहयोग उपलब्ध गराएको ठहरिने छ । दिल्लीका शासकहरूले राजनीतिक तहको त्यो मूल्याङ्कनको सम्मान गर्न सक्नुपर्छ ।    

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x