×

NMB BANK
NIC ASIA

जनकपुरधाम, १४ मंसिर — यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जनकपुरका मतदाताहरू मतदान गर्न अत्यन्तै उत्साहित देखिएका छन् । 

स्थानीय तहको निर्वाचनमा समेत उल्लेख्य रूपमा मतदान भएको थियो । अर्को हप्ता हुने निर्वाचनका लागि मतदाताहरू तयार देखिएका छन् । तर मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरूमा धेरै चेतना देखिँदैन । 

मतदान गर्नका लागि राजनीतिक दलहरूले वा उम्मेदवारहरूले समेत घर घरमा गएर मतदाता शिक्षा दिन सकेका छैनन् । जनकपुर उपमहानगरपालिका–१२ का वैद्यनाथ कुमार खाङ भन्छन्, ‘मतदान गर्न तयार छु । तर कसैले आएर मतदान कसरी गर्ने हो भन्ने कुरा सिकाएका छैनन् ।’ 

आफ्नो गाउँ कुवा जनकपुर उपमहानगरपालिकामा भएपनि गाउँका मतदाताहरूमध्ये प्रायः महिलाहरू अशिक्षित अनि उनीहरूलाई मतदान कसरी गर्ने भन्ने प्रशिक्षण नदिइएकाले अधिकांश मतहरू बदर हुने हो कि भन्ने खाङको चिन्ता छ ।

Muktinath Bank

बिहीवार जनकपुर उपमहानगरपालिका–१२ को कुवा गाउँमा लोकान्तर डट्कमले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ को लागि मतदाता शिक्षा सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दा उपस्थित भएका अधिकांश सहभागीहरूले राजनीतिक दल र तिनका उम्मेदवारहरूले आआफ्नो पार्टीको प्रचारप्रसार गरेपनि मतदान कसरी गर्ने भन्ने कुरा कसैले पनि नसिकाएको बताएका थिए । 

ती मतदाताहरूलाई मतदान गर्ने प्रक्रियाका विषयमा प्रशिक्षित गरेपछि मात्र आफ्नो मत अब बदर नहुने भनी सहभागीहरूले विश्वास व्यक्त गरेका थिए ।

जनकपुर उपमहानगरपालिका–१२ की उर्मिला पण्डितले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी थिइन् । तर यसपटक हुने निर्वाचनमा मतपत्र कस्तो हुने, मतपेटिका कतिवटा हुने, कहाँ कसरी मतदान गर्ने विषयमा उनी अनभिज्ञ थिइन् । 

सोही गाउँकी बुधनीदेवी मुखियालाई भने निर्वाचन आयोगबाट खटिएका सामाजिक परिचालकले मतदान कसरी गर्ने भनेर घरमा आएर सिकाएको भएपनि पछि गएर निर्वाचनको दिन बिर्सिइने हो कि भन्ने डरले समेत सताउने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय विवेकानन्द झाका अनुसार, अहिले गाउँमा खेतीपातीको समय भएको र खेतमा धान काट्ने समय भएकाले पनि मतदाताहरू मतदानका विषयमा सिक्नसमय अभाव भएकाले अधिकांश मतदाताहरू मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बताउँछन् । राजनीतिक दलका उम्मेदवारहरू घरदैलो त गरिरहेका छन् तर मतदान कसरी गर्ने भनेर उनीहरूले नसिकाएको बुधनीदेवी मुखिया बताउँछिन् ।

निर्वाचन आयोगबाट खटिएकी सामाजिक परिचालिका पुनितादेवी यादवलाई घरदैलोमा पुगेर मतदाता शिक्षाबारे भन्न जाँदा भोट माग्न आएको हो भने पैसा देऊ समेत भनेर मतदाताहरूले हैरान पार्ने गरेका छन् । 

अन्तर्क्रिया कार्यक्रम आयोजन गर्दा नास्ता, भत्ता समेत देउ अनि मात्र आउने भनेर मतदाताहरूले भन्ने गरेकाले घरदैलोमा पुगेर नमूना मतदानबारे प्रशिक्षण दिइरहेको पुनिताले बताइन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x