×

NMB BANK
NIC ASIA

३० वर्षदेखि कट्टर इस्लाम अपनाइरहेको साउदी अरबमा परिवर्तनका संकेत

मंसिर २४, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ मंसिर — संसारसमक्ष धार्मिक कट्टरताका लागि चिनिने साउदी अरब अब सफ्ट इस्लामतर्फ बढिरहेको छ । 

विगत एक वर्षमा यहाँ महिलाहरूलाई गाडी चलाउने अधिकार दिइएको छ । अनि त्यहाँ फिल्म र संगीतका समारोह पनि आयोजन गरिए । 

साउदीका युवराज मुहम्मद बिन सलमानले यी परिवर्तनहरू ल्याएका हुन् । उनका बारेमा महिलाहरूले ट्वीट गरेका छन् । अब आफूहरू पनि २१औं शताब्दीसँग जोडिन सकिने भनी उनीहरूले सन्तोष व्यक्त गरेका छन् । 

बत्तीस वर्षीय युवराज सलमानले अक्टोबरमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘विगत ३० वर्षमा साउदीमा जे भयो, त्यो हाम्रो वास्तविकता हैन । हामी पहिला जे थियौं अहिले त्यही बन्न चाहन्छौं । यहाँ नरम इस्लाम थियो र यो सबै धर्म र संसारकै लागि खुला थियो ।’

सलमान सत्तामा शक्तिशाली भएयता साउदीमा धेरै परिवर्तनहरू आएका छन् । 

मुसलमानी कानूनहरूको पालना गराउने धार्मिक प्रहरी मुतावाको अधिकार कम गरिएको छ । यिनीहरूले महिलालाई पञ्जा लगाउँदा समेत पक्राउ गर्थे । 

यसै वर्षको सेप्टेम्बर महिनामा महिलालाई गाडी चलाउने अधिकार प्राप्त भएको थियो । उनीहरू जुन २०१८ देखि गाडी चलाउन सक्छन् । 

फेब्रुअरीमा जेद्दाहमा साउदीमा पहिलो कमिक कन फेस्टिभल भयो । यो समारोहमा मानिसलाई साउदीमा नभई कुनै पश्चिमा देशमा भएको अनुभव भयो । 

साउदीमा सरकारी सेवा लिनका लागि महिलाहरूले पिता, पति, भाइ वा छोराको अनुमति लिनुपर्थ्यो र उनीहरूलाई अभिभावक भएको बताउनुपर्थ्यो । यो नियमलाई अन्त्य गरिएको छ । 

साउदीमा फिल्म फेस्टिभल पनि भयो । त्यहाँको सबभन्दा ठूलो मल अपरेटर अरेबियन सेन्ट्रलले १० नयाँ मलमा फिल्म हल बनाउने भएका छन् । अर्को वर्ष फिल्म देखाउन सकिनेछन् । 

सलमानले मदीनामा एउटा विशेष भवन बनाउने भएका छन् । त्यहाँ इस्लामका विद्वानहरूले बहस गर्नेछन् । इस्लामका नाममा कट्टरपन्थीहरूले के गलत कुरा थोपरेका छन् भनी बहस हुनेछ । 

साउदी अरबमा पप गीतहरूको कन्सर्ट पनि यसै वर्ष भयो । हालै राजधानी रियादमा कमेडी फेस्टिभल आयोजना गरियो । फेब्रुअरीमा जेद्दाहमा सार्वजनिक कन्सर्ट पनि आयोजना गरियो । 

सेप्टेम्बरमा साउदीको ८७ औं स्थापना दिवसको दिन पहिलोपटक महिलाहरूलाई रंगशाला जाने अनुमति दिइयो । 

साउदीमा मनोरञ्जनका नयाँ परियोजनामा २.७ अर्ब डलर खर्च भइरहेको छ । सन् २०१९ मा शुरु हुने गरी मनोरञ्जन भवन यहाँ बन्नेछ । 

सरकारले रिसोर्ट बनाएर त्यसभित्र महिलाहरूलाई स्कर्ट बिकिनी लगाएर घुम्ने अनुमति दिने सम्भावना छ ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x