साउन ७, २०७९
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...
काठमाडौं पौष २४– मेलम्ची खानेपानीको पाइपलाइन र सडक विस्तारका लागि राजधानीका सडक खन्न थालिएको धेरै वर्ष भयो । अहिले पनि ललितपुर, काठमाडौंका विभिन्न क्षेत्रमा मेलम्ची खानेपानीको पाइपका लागि खनिएका सडक कालोपत्रे गर्ने काम भएको छैन ।
उच्च सवारी चाप रहने मुख्य सडकहरुमै पाइप लाइन र पानी लिकेज चेकका लागि भन्दै खनिएका सडकलाई त्यतिकै छोड्दा उड्ने धुवाले राजधानी धुलै धुलोको केन्द्र बनेको छ । जसका कारण राजधानी बस्नका लागी नै जोखिमपूर्ण बन्दै गएको छ ।
कलंकी-कोटेश्वर सडक खण्ड, चावहिल-जोरपाटी सडकखण्ड र थानकाेट–कलंकी सडक खण्डको अवस्था त विकराल नै छ । सवारी चाप अत्याधिक हुने समयमा ती क्षेत्रहरु धुलोका कारण कुइरीमण्डल बन्ने गरेको छ ।
जसका कारण पैदल यात्रुदेखि त्यसक्षेत्रमा बसोबास गर्नेको अवस्था धुलोका कारण गम्भीर बनेको छ ।
त्यसमध्ये सवैभन्दा धेरै मारमा सडकमा आठ घण्टा डिउटी गर्ने ट्राफिक प्रहरी पर्ने गरेका छन् ।
धुलोधुवाँ र अस्तव्यत सडकको बीचमा दिनभर सवारी व्यबस्थापनका लागि ट्राफिक प्रहरीहरु खटिएका हुन्छन् । धुलोधुवाबाट वच्नका लागि सामान्यतया माक्स, स्कार्फ, चस्माको प्रयोग हुन्छ । तर ट्राफिक प्रहरीलाई भने माक्स लगाएर पुग्दैन । यसरी सवारी व्यबस्थापनमा खटिएका ट्राफिक प्रहरीको स्वास्थ्यको बारेमा कुनै निकायलाई चासो छैन ।
२७ वर्षदेखि प्रहरीको जागिर खाएर पछिल्लो समय कुशल ट्राफिक प्रहरीको पहिचान बनाएका ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथु सडकमा खटिने प्रहरीको स्वस्थ्यमा निकै गम्भिर समस्या भएको बताउँछन् । धुलो नियन्त्रणमा राज्यका निकायले काम नगर्दा मारमा ट्राफिक प्रहरी परेको उनले गुनासो गरे ।
पछिल्लो समय आँखा जोगाउन भनेर चस्मा ल्याए पनि यसले खासै प्रभाव नपारेकाे बताउँछन हाछेथु । ललिपुर जिल्लामा मात्र धुलो र धुँवाले गर्दा औषतमा दैनिक २ जना ट्राफिक बिरामी हुने गरेको बताए उनले । ‘अस्पतालमा जचाँउन जादाँ डाक्टरले तपाईहरुको आयु धुलो र धुवाले गर्दा १० बर्ष कम हुन्छ भन्छन्’ हाछुथुले लोकान्तरसँग भने ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रन्जितकारका अनुसार काठमाडौं उपत्यकामा भएका करिब १४ सय ट्राफिक प्रहरी सबैलाई आँखा र छातीको सुरक्षाका लागि चस्मा र मास्क वितरण गरिएको बताउँछन् । तर पनि दिनानुदिनको प्रदुषणले गर्दा त्यसले राम्रो प्रभाव पार्न सकेको छैन ।
सिंहदरबारको गेट अगाडि ड्युटी गरिरहेका ट्राफिक प्रहरी विनोद ज्ञवाली दिनभर धुलोधुवाँमा काम गरेर बेलुका घर जाँदा आँखा विझाउने, छाति दुख्ने समस्या देखिने गरेको बताउँछन् ।
उस्तै भनाइ छ, कलंकीमा बस्ने ट्राफिक प्रहरी हरि चौधरीको पनि । ‘विहान सफा चट भएर आयो बेलुकि घर जाँदा आफैले आफूलाई नचिन्ने अवस्था हुन्छ । घाँटिको समस्या पनि उत्तिकै हुन्छ’ उनले लोकान्तरसँग भने ।
के भन्छन् डाक्टर ?
धुलोले गर्दा आँखा पोल्ने चिलाउने, रातो हुने जस्ता समस्या देखिने बताउँछन् तिलगंगा आँखा अस्पताका प्रमुख नेत्र विशेषज्ञ डा.रोहित सैंजु । प्रहरी मात्र नभएर सडकमा पैदल हिड्ने र मोटर साइकलमा यात्रा गर्नेहरुको आखामा पनि धुलोले धेरै नै समस्या पारेको डा सैंजुले लोकान्तरलाई बताए ।
मुटु रोग विशेषज्ञ डा. रन्जित शर्मा धुलोका कारण फोक्सो र मटुमा समेत समस्या आउने बताउँछन् । ‘धुलोधुवाँले गर्दा मुटु र फोक्सोमा हुने रगत प्रवाहमा निकै समस्या आउँछ, स्वासप्रश्वसमा पनि उत्तिकै समस्या देखा पर्छ, साथै फोक्सो विग्रने, दम हुने, हार्ट अट्याक हुने र कालन्तरमा क्यान्सको पनि खतरा हुनसक्छ’ उनले लोकान्तरसँग भने ।
राजधानीमा उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारणलाई गन्तव्यमा पुग्न मद्दत गर्र्ने ट्राफिक प्रहरीको स्वस्थ्यको ख्याल गर्नु राज्यको दायित्व हो । देशको राजधानी शहरमा देखिएको धुलो र धुवाले राज्यको निरिहता प्रकट गरेको मात्र होइन, नागरिकलाई अस्वस्थ र रोगी बनाउँदै लगेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान कहिले पुग्ला ?
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...