×

NMB BANK
NIC ASIA

सगुनको मोवाइल एप दिल्लीबाट सार्बजनिक, यस्तो थियो भब्य कार्यक्रम

पुस २६, २०७४

NTC
Premier Steels

काठमाडौं–सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक गरिन् ।

Muktinath Bank

अर्की टीभी स्टार मंदिरा बेदीले संचालन गरेको कार्यक्रममा एप सार्बजनिक गरेपछि अभिनेतृ श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् ।  सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साँच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाइ थियो । ‘सगुनको एप निकै चाखलाग्दो छ, उनले भनिन्, तपाईंका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउड अभिनेतृ श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रस्न गरिन् । ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ, गोविन्दले भने, ध्यान गर्दा मलाई सबै आइडिया आएको हो । गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन्, ‘म पनि अब ध्यान गर्छु । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लंचिग कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्टेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली आएका थिए । 

Vianet communication

एप सार्बजनिक कार्यक्रम गर्न होटलको हल विशेष रुपले सजाइएको थियो । आयोजक टिमले कार्यक्रमलाई कसरी भब्य बनाउने भनेर स्टेजमै दर्जनौ पटक अभ्यास गरेको थियो । 

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अबसर बढ्ने छ, उनले भने, ‘विश्वब्यापी रुपमा यसको प्रयोगकर्ता बढेभने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ । 

सगुनका सहसंस्थापक कविन सिटौलाले विश्वका स्टार्टअप कम्पनीहरुले ग्लोबल लंचिगमा गर्ने जस्तै भब्य समारोह गरेर एप सार्बजनिक गरिएको बताए । उनले भने ‘फेसवुक, ट्वीटर, गुगलजस्ता कम्पनीले गरेको जस्तै विश्वको ध्यान तान्ने गरी एप लंचिग गरेका छौं । 

वेव प्लेटफर्ममा रहेको सुगुनले स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर एन्डोइड एप सार्बजनिक गरेको हो । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि यसको प्रतीक्षा गरेका थिए ।  यस एपले प्रयोगकर्ताको गोपनियतालाई सुनिश्चित गरेको छ । सगुन एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा छ ।


मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।  यसको अर्को विशेषता आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइलगायतलाई शेयर गर्न सकिन्छ । कसको आज कुन कार्यक्रम छ भन्ने कुरा यसले जानकारी दिनेछ । 

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ । 


अल इन वन एप जस्तै रहको सगुनमा ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर समाहित छन् । यसलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्बजनिक गरिने जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x