समानुपातिक उम्मेदवारको नामले राजपामा विवाद

पुस २८, २०७४

काठमाडौँ, २८ पुस- निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको छ ।

राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायबाट क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्च्याउन निर्देशन दिनुपर्ने थियो । त्यस्तो केही नगरी आयोगले सबै सूची मधेसी कोटालाई स्वीकार गरेको थियो ।
तर, राजपाभित्र अहिले आयोगको पत्रअनुसार गर्ने कि नगर्ने भन्नेमा विवाद छ, नयाँ पत्रिकामा खबर छ  । 


ADVERTISEMENT

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस