कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
चितवन, २९ पुस– थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ ।
घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा हुन्छ । यस्तै बेलामा अरू समुदायसमेत घुँगी खान आकर्षित हुन्छन् ।
अहिले थारू समुदायको नयाँ वर्ष माघी पर्व शुरु भएको छ । यो अवसरमा चिचरसँग घुँगी खाने चलन प्रख्यात छ । घुँगीको रससँग चिचर निकै स्वादिष्ट हुन्छ । खोल (खबटा) भित्र हुने घुँगीलाई मुखबाट श्वासले तान्नेपछि मात्रै आउँछ । कतिपयले घुँगी खान जान्दैनन् । खान नजान्नुको रमाइलो छुट्टै हुन्छ ।
अन्य समयमा पनि घुँगीको रुचि बढी हुन्छ । अहिले घुँगी थारूको मात्रै नभएर अन्य समुदायको पनि आकर्षणको खाना बन्न पुगेको छ । थारू होम स्टेमा घुँगी अनिवार्य राखिएको हुन्छ । घुँगी खानकै लागि पर्यटकहरु थरू होम स्टेमा र थारूका घरमा जाने गर्छन् । तर पछिल्लो समयमा घुँगी हराउँदै गएको छ । चितवन रत्ननगरका थारू अगुवा वासुदेव चौधरी घुँगी लोप हुँदै गएको बताउँछन् ।
पहिले पहिले चितवन सौराहामा होटल भएको क्षेत्रमा प्रसस्तै घुँगी पाइन्थे । घर नजिकै घोलबाट घुँगी टिपेर खान्थे थारूले । घुँगी खोज्न धेरै टाढा जानु पर्थेन । अहिले यहाँका घोल पुरेर होटल बने । त्यसपछि घुँगी खोज्न टाढा जानुपर्ने बाध्यता छ । तर अहिले घुँगी खोज्न मानवीय चाप नभएको घोलमा पुग्नुपर्छ । निकुञ्ज छेउछाउको घोल र मान्छेले अतिक्रमण नगरेको घोलमा मात्रै घुँगी पाइन्छ ।
“पहिले धानखतेमा प्रशस्तै पाइन्थ्यो, अग्र्यानिक हुन्थ्यो, अहिले विषादीले घानखेतको घुँगी राम्रो मानिँदैन, त्यो पनि विषादीले खेतमा घुँगी हराउँदो छ, जसका कारण एक–दुई किलो बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ,” थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो भन्छन् ।
नेपालको वास्तविक घुँगी हराउँदै गएपछि अहिले पूर्वी नेपालको बारालगायत जिल्लाबाट चितवन ल्याएर घुँगी बिक्री हुने गरेको छ । यो ठूलो आकारमा हुन्छ भने स्वादमा समेत फरक हुने थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष नारायण महतो बताउँछन् ।
कस्तो हुन्छ र कसरी खाने घुँगी ?
हड्डीको समस्या भएमा निको हुने भन्ने चलन थारूमा छ । थारूका गुरौहरुले त्यस्ता बिरामीलाई खान सिफारिश गर्छन् । ज्यान दुखेको, ढाड दुखेको ठीक हुन्ने विश्वास रहेको कारी महतो बताउनुहुन्छ । यो बीउ छैन । पाल्ने अवस्था नि छैन । यसको अनुसन्धान पनि हुन सकेको छैन । यसले माटो हिलो लेउ खान्छ । चिप्ले कीरा प्रजातिमा पर्छ घुँगी ।
यसलाई निकालेर सफा पानीमा १५ देखि २४ घण्टा राख्नुपर्छ । त्यसपछि पीठो खुवाउनु पर्छ । पानीमा राखेर पीठो हालिदिए यसले पीठो खान्छ । पीठो खाँदा पहिले खाएको लेदो (जुन माटो मिसिएको हुन्छ) ओकल्छ । अनि चुच्चोपट्टि फुटाइन्छ । त्यसपछि सफा गरेर पकाउनुपर्छ । अनि मात्रै खान योग्य हुन्छ । पोखरीबाट ल्याउने बित्तिकै पकाउँदा हिलो गन्हाउँछ । माटो किरिङ किरिङ हुने हुँदा राम्ररी सफा गर्नुपर्छ ।
घुँगी जोगाउन प्रतिमा निर्माण गरेर प्रदर्शनी
चितवनको खैरहनीमा शुरु भएको थारूको खिचरा महोत्सवमा घुँगी जोगाउने प्रयासस्वरुप पाँच फिट अग्लो मूर्ति (प्रतिमा) निर्माण गरेर प्रदर्शन गरिएको छ ।
घुँगीसँगै खाने मौलिक खाना चिचरको ‘पोका’ समेत प्रदर्शनमा राखिएको छ । यसले मौलिक खानाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष तथा महोत्सव संयोजक नारायण महतोले बताए । लोप हुँदै गएको घुँगीलाई बचाउन पनि पहिलो प्रयासस्वरुप प्रतिमा बनाइएको उनकाे भनाइ छ ।
आयोजकले अतिथिलाई मायाँको चिनोसमेत घुँगीकै प्रतिमा दिएर पहिलो पटक नौलो प्रयास थालेका छन् । संयोजक महतोको योजनाअनुसार यसरी शुरु गरिएको हो ।
महोत्सवको मुख्य आकर्षण नै अहिले घुँगीको प्रतिमा बन्न पुगेको छ । दर्शक एकपटक घुँगीसँग सेल्फी हानेकै हुन्छन् । ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका माडीका दिनेश्वर महतोले घुँगी र चिचरको पोकाको प्रतिमा फाइबरबाट बनाएका हुन् ।
– नारायण ढुंगाना
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...