ऐश्वर्यादेखि करिनासम्म, जसले बिहेमा लगाए यति महंगो औंठी

अभिनेता, अभिनेत्रीको विवाहलाई आम मानिसले निकै चासो पूर्वक हेरेका हुन्छन् । उनीहरुको विवाह प्रकृया, कपडा, गरगहना र भोजमा मानिसले विशेष चासो राख्छन् । आज हामी भारतीय हिरोइनहरु जसले विवाहमा लगाएका औठीका विषयमा चर्चा गरिरहेका छौं । 

ऐश्वर्या राय बच्चन : ऐश्वर्या रायलाई अभिषेक बच्चनले खुसी राख्न कुनै कसुर बाँकी राखेका थिएनन् । इन्गेजमेन्टको समयमा उनले ऐश्वर्यालाइ ५ करोड मुल्य पर्ने ५३ क्यारेडको हिराको औठी दिएका थिए । 

शिल्पा शेट्टी : बलिउडकी अभिनेत्री शिल्पाले भारतका चर्चित ब्यवसाही राज कुन्द्रसँग बिबाह गरेकी थिइन् । उनको इन्गेजमेन्टमा कुद्राले तीन करोड मुल्य पर्ने २० क्यारेठ सोलिटेयर दिएका थिए । 

करीना कपुर खान : सैफ अलि खानले सुन्दर पत्नी करीनाको लागि प्लेटिनम ब्याण्डको सात क्यारेटको सोलिटेयर रिङ गिफ्ट दिएका थिए । बिबाहको अधिकांस समारोहमा उनले सो रिङ छुटाएकी थिइनन् । जसको मूल्य पनि करोडबढी रहेको बताइन्छ । 

असिन थोतुमकल : असिनका पे्रमी राहुल शर्मा माइक्रोम्याक्सका सिइयो रहेका छन् । उनले असिनका लागि धेरै माया दिन्थे । उनले २० क्यारेडको सोलिटेयको औठी दिएका थिए । जसको मुख्य ६ करोड रुपया रहेको रहेको बताइन्छ ।
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस