माओवादी पीडितको धर्ना

फागुन १, २०७४

काठमाडौँ, १ फागुन - नेपाल माओवादी पीडित संघले तत्कालीन नेकपा (माओवादी) ले पटकपटक सत्तामा पुगे पनि पीडितप्रति उत्तरदायी नभएको आरोप लगाएको छ । 

माओवादीले सशस्त्र युद्ध शुरु गरेको आजको दिनलाई शोक दिवसका रुपमा मनाउँदै संघले आन्दोलनको नाममा जस्तोसुकै अपराधको छुट पाएर निर्दोष व्यक्तिलाई तत्कालीन राज्यपक्षको निशाना पर्न बाध्य पारिनु निन्दनीय भएको जनाएको छ । 

संघका अध्यक्ष कल्याण बुढाथोकीले कानुनलाई हातमा लिई पीडक पुरस्कृत र पीडित दण्डित हुने अवस्था आउनु आश्चर्यजनक भएको बताउनुभयो । 

संघले द्वन्द्वकालीन समयमा भएका घटना दुःखदायी भएको स्मरण गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो । 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस