×

NMB BANK
NIC ASIA

१७ वर्ष भारतमा चौकीदारी गरेका भट्ट प्रदेश नंं. ७ को मुख्यमन्त्री नियुक्त

फागुन ३, २०७४

NTC
Premier Steels

धनगढी, ३ फागुन– प्रदेश नंं. ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र का नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । 

Muktinath Bank

प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदीय दलका नेतासमेत रहेका भट्टलाई आज नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मल्लले मध्यान्ह १२ बजे भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरे ।
मुख्यमन्त्रीको नियुक्ति आज भएपनि शपथ ग्रहण भने फागुन ५ गते दिउँसो ३ बजे हुने प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिए । जसको लागि आवश्यक तयारी पनि सुरु गरेको उपसचिव चौधरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्रै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । फागुन ५ गते आयोगले मतपरिणाम बुझाएको एक महिना पुग्दैछ । जुन बाध्यतात्मक व्यवस्था अनुसार नियुक्त गरिएको हो । फागुन ४ गते सूर्य ग्रहण लाग्ने हुँदा जसलाई छलेर पनि एक दिनपछि शपथ ग्रहणको समय निर्धारण गरेको उपसचिव चौधरीले जनाए ।


Advertisment
Nabil box
Kumari

को हुन् त्रिचोचन भट्ट ?

Vianet communication

डोटी जिल्लाको साविक भूमिराजमाण्डौ गाविस वाड नं ८ फलेडीका ४८ वर्षीय मुख्यमन्त्री भट्ट बुवा प्रसाद भट्ट र आमा सारदा भट्टको साहिलो छोरा हुन ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका भट्ट कमजोर पारिवारिक अवस्थाकै कारण ८ कक्षाको पढाई छोडेर १४ बर्षकै उमेरमा कामको खोजीमा भारत पसेका थिए ।

भारतको पञ्जावमा ५ वर्ष र मुम्बईमा १२ वर्ष गरी १७ वर्षसम्म चौकीदार (सेक्युरिटी गार्ड) का रूपमा काम गरेका भट्ट २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका हुन् ।

माओवादी जनयुद्धको तयारी तथा प्रवासबाट गरिने बिभिन्न व्यवस्थापकीय पक्षमा सहयोग गर्दै आएका भट्ट २०५६ सालबाट कम्पनीको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिए । २०५६ पछि उनी प्रवासबाटै जिल्ला कमिटी डोटीको सदस्य तथा क्षेत्रीय ब्यूरो सदस्य बने । २०५८ सालबाट त्रिलोचन भट्ट माहाराष्ट्र मुम्बैको नेपाली जनअधिकार सुरक्षा समितिमा रहेर काम गरेका थिए ।

२०६१ सालमा पार्टीले उनलाई नेपालमा पठाउने निर्णय गरेपछि उनी नेपाल फर्किएर भूमिगत भएर काम गर्न थाले । २०६२ सालमा माओवादीको डोटी जिल्ला सचिव रहेका त्रिलोचन भट्ट २०६३ मा डोटी जिल्ला सह इन्चार्ज भए ।
२०६४ मा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका उनी २०७१ देखि हालसम्म नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं १ बाट चुनाव लडेका भट्ट २०७० सालमा दोश्रो संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका थिए । दुुबै निर्वाचनमा हार ब्यहोरेका भट्ट यस पटक बामगठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय मतान्तरले पराजित गर्दै बिजयी भए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x