दुई दिनभित्र सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री ओली

फागुन ९, २०७४

काठमाण्डौ, ९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन् ।

आज  काठमाण्डौको दहचोकमा पर्यटन उत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताए । ‘मेरो हरेक पाइला विकाशका लागि र विकासको बाटोमा हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब  विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।’


ADVERTISEMENT

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने पनि बताए । ‘युद्धसँग जोडिएका ती किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःख कष्टसँग सेना जोडिएको हुन्छ,’ प्रधानमन्त्री ओलीले   भने, ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोकमै  रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्ध्घाटन गर्न पुगेका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई  ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास गर्नुपर्ने बताए । गत वर्षदेखि हरेक वर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गरेका प्रधानमन्त्री ओलीले आगामी वर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताए । 

दुई दिनभित्र सरकार विस्तार

प्रधानमन्त्री ओलीले सरकार बिस्तारबारेको जिज्ञासाबार जवाफ दिँदै दुई दिन भित्रै सरकार बिस्तार हुने बताए । ‘भोलि (बिहीवार) र पर्सी (शुक्रवार) सम्मा सरकार बिस्तार हुन्छ,’ ओलीले भने । 
 

फागुन ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस