×

NMB BANK
NIC ASIA

ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेलाई छाडिन्न : प्रचण्ड

चैत ६, २०७४

NTC
Premier Steels

लहान, ६ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ । 

पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गर्नुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।” 

राजनीतिक क्रान्ति पुरा भइसकेको बताउँदै उहाँले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गर्नुभयो । 

अध्यक्ष प्रचण्डले बिगतको जस्तो कमजोर र अस्थिर अहिलेको सरकार होइन् बताउँदै “नेपालकै इतिहासमा पहिलो पटक हामीलाई बलियो हात दिएर जनताले सिंहदरबर पठाएका छन्, त्यसैले अब हामीले फटहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौ,” भन्नुभयो । 

चुनाबका बेला वामगठबन्धले साझा घोषणापत्रमार्फत जनतालाई सुशासन, स्थायीत्व, विकास र समृद्धिको आश्वासन बाँडेको उल्लेख गर्दै उहाँले जनताले विश्वास र भरोसा गरेर वामगठबन्धको झन्डै दुई तिहाईको यो सरकारले अब जनताको त्यो इच्छा र भरोसा पुरा गर्ने दाबी गर्नुभयो । 

अध्यक्ष दाहालले सिँंचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेशमा हरित क्रान्ति केबल हावाको क्रान्ति मात्र हुने टिप्पणी गर्दै सिँचाइ र सडक पूर्वाधारको विकासमा ठोस योजनाका साथ सरकारले काम गर्ने बताउनुभयो । 

मधेसकै लाइफ लाइनका रुपमा रहेका हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढ्ेको चर्चा गर्दै उहाँले अब कुनै पनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने बताउनुभयो । 

अध्यक्ष दाहालले मधेश केन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधन भएर यसप्रतिको मधेशी जनताको असन्तुष्टि अन्त्य हुने विचार व्यक्त गर्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र त्यसका नेतृत्वले एकै ठाउँमा उभिनुपर्ने बताउँदै “राजनीतिक दलको खिचातानीका कारण विकासको बजेट फिर्ता जाने र विकास निर्माण ठप्प हुने प्रवृति देखिएको छ, त्यसलाई सबै दलका नेताले त्याग्नु जरुरी छ,” भन्नुभयो । 

सरकारले पाँच वर्षभित्र देश र मधेशको स्वरुप परिवर्तन हुने गरी काम अघि बढाउन लागेकोले यसमा सबै दलको सकारात्मक सहयोग आवश्यक भएको पनि उहाँले बताउनुभयो । 

मन्त्री महासेठले समयमा काम पुरा नगर्ने ठेक्केदारलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणमा हुने ढिलासुस्ती र कमिसनखोरी रोक्न दण्ड र पुरस्कारको व्यस्था गर्न लागेकोसमेत बताउनुभयो । 

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन र विकासको मुख्यबाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकार कडारुपमा प्रस्तुत हुने दृढता व्यक्त गर्नुभयो । 

“भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्”, उहाँले भन्नुभयो–“जनताबाट आएको एक÷एक पैसाको हिसाब हामी जनतालाई दिन्छौं, भ्रष्टाचार हुन्न दिन्न ।” 

नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह, प्रभु साह, नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद लिलानाथ श्रेष्ठलगायतले हुलाकी सडक निर्माण समयमै सम्पन्न भए मधेशमा आर्थिक समृृद्धिको बाटो खुल्ने बताउनुभयो । 

आगामी ३० महिनाभित्र सम्पन्न हुने गरी शुरु भएको हुलाकी मार्गको स्तरोन्नतिको कामको अध्यक्ष प्रचण्डसहित यातायातमन्त्री महासेठ, प्रदेश नं. २ का मुख्यमन्त्री राउत र नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुरेशचन्द्र दास यादवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x