×

NMB BANK
NIC ASIA

मिस नेपाल शृंखला भन्छिन्- अस्वभाविक विवादले मेरो पहिचान बंग्याउन खोजियो

बैशाख ८, २०७५

NTC
Premier Steels

मिसनेपालमाभागलिनेसोचकहिलेबाटकसरीआयो?

Muktinath Bank

सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल हुन्छु भन्ने संकल्प कसेँ । त्यहीअनुसार आफूलाई क्षमतावान बनाएँ । पूर्वयोजनाका साथ यो वर्ष भाग लिएकी हुँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वयोजनाकस्तोथियो?


Advertisment
Nabil box
Kumari

म आर्किटेक्चरको विद्यार्थी हुँ । ब्याचलर पढ्दादेखि नै मिस नेपालमा भाग लिन्छु भन्ने सोच बनाएकी थिएँ । ब्याचलर सक्दा २०१८ को मिस नेपालमा भाग लिन पाउँथेँ । यही नै पूर्वयोजना हो ।

Vianet communication

मिसनेपालमाभागलिनजान्छुभनेरपरिवारलाईकहिलेभन्नुभयो?

मेरो रहर छ भनेरचाहिँ थाहा पाउनुभएको थिएन । भन्न त पहिलादेखि नै आमालाई भनिरहेकी थिएँ । तर, उहाँलाई म जिस्किएकोजस्तो लागेको रहेछ । मैले उहाँलाई मनाइरहेँ । आमाले नै बाबालाई मेरो इच्छा सुनाइदिनुभयो ।

परिवारलेसहजैस्वीकारगर्नुभयो?

खासमा आमाबाबाको मिस नेपाल ग्ल्यामर फिल्ड हो भन्ने बुझाइ थियो । त्यति नै वेला पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विद्याभूषण जितेपछि उहाँहरूलाई सम्झाउन सहज भयो । मिस नेपाल भनेको ग्ल्यामर मात्र नभएर अवसर पनि हो । म फेमका लागि नभएर प्लेटफर्मका लागि जान लागेको हो भनेँ। त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो । साथ पनि दिनुभयो ।

उपाधिजितेपछिआमाबुवाकोप्रतिक्रियाकस्तोआयो?

एकदम खुसी हुनुहुन्छ । आमा देशबाहिर हुनुहुन्थ्यो, बुवाचाहीँ यहीँ । आमासँग मिस नेपाल भएको एक हप्तापछि मात्र भेट भयो । अगाडि फोनमा कुराकानी भइरहेको थियो । बुवाले प्लेटफर्मको सदुपयोग गर्नु भनेर सुझाब दिनुभएको छ । मेरो जितले उहाँहरू गौरवान्वित हुनुहुन्छ ।

 कम्युनिस्टसांसदकोछोरीमिसनेपालभईभनेरचर्चाभयो,कस्तोलागिरहेको?

यो कुरा मलाई चित्त बुझिरहेको छैन । किनभने मैले आफ्नो पहिचानका लागि मिस नेपालमा भाग लिएकी हुँ । पहिचान बनाउन पनि सफल भएँ । सांसदको छोरी हुनु मेरो रोजाइ होइन । उहाँहरूको रुचि, रोजाइअनुसार राजनीतिमा लाग्नुभयो, सांसद हुनुभयो । उहाँहरू सांसद भएकै कारण म मिस नेपाल भएकी भए जोड्न मिल्थ्यो, तर म मेरो आफ्नो क्षमताको कारण मिस नेपाल भएकी हुँ ।

सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ । पुल्चोक इन्जिनियरिङ कलेजको आर्किटेक्चरको टपर हुँ । त्यसैले मेरै क्षमतासँग जोडिएर चर्चा होस् । न कि सांसदकी छोरी भई भनेर विवाद । संसद् भवनमा सांसद विरोध खतिवडाकी छोरी भनेर चर्चा हुनु स्वाभाविक हो ।

तर, मिस नेपाल भएपछि सांसदकी छोरी भनेर जबर्जस्ती आमाबुवासँग जोड्नु ठीक होइन । अस्वाभाविक विवादले मेरो पहिचान बंग्याउन खोजियो । मेरो पहिचानलाई जबर्जस्ती गौण बनाइयो ।

पहिलाकम्युनिस्टहरूलेमिसनेपालकोविरोधगर्थेनि,यसमाकेभन्नुहुन्छ?

पहिला नबुझेर विरोध भयो होला । मेरो बुवा पनि भन्नुहुन्छ, ‘त्यसवेला नबुझेको कारण विरोध भयो, तर गलत रहेनछ ।’ समय पनि परिवर्तन हुँदै गएको छ । हुनु पनि पर्छ । कम्युनिज्म पनि त फेरिइसकेको छ । पहिलाको जस्तो ‘हाडकोर्ड’ कहाँ छ र ? यसलाई म सकारात्मक मान्छु । प्रगतिशील हो भनेर बुझ्नु जरुरी छ । नत्र त यथास्थितिवादी भइहालिन्छ नि ।

मिसनेपालभएपछितपाईंमाकेपरिवर्तनआयो?

पहिलो परिवर्तन त पहिला परिवार, आफन्त, साथीभाइमाझ मात्र परिचित थिएँ । अहिले सबै नेपालीले चिन्नुहुन्छ । बाटोमा हिँड्दा पनि ओहो मिस नेपाल भन्नुहुन्छ । व्यस्त दैनिकी सुरु भएको छ । विश्वमा नेपाल चिनाउने जिम्मेवारी थपिएको छ । सबै नयाँ लागिरहेको छ ।

राजनीतिमाकत्तिकोचासो?

सचेत छु । राजनीति बुझेकी छु । सबैले बुझ्न जरुरी पनि छ । राजनीति एउटा यस्तो महत्वपूर्ण क्षेत्र हो जसको माध्यमबाट नीति परिवर्तन गर्न सकिन्छ । तर, आफैँ राजनीतिमा लाग्ने अथवा सक्रिय हुने भन्ने विषयमा चाहिँ सोचेकी छैन ।

अहिलेकोराजनीतिकअवस्थाकस्तोलाग्छ?

अहिलेको राजनीति धेरै सकारात्मक भएको छ । हामीलाई विकेन्द्रीकरण चाहिएको थियो, पायौँ । १८ वर्षपछि स्थानीय सरकार बनेको छ । पाँचवर्षे स्थायी सरकार छ । तीन तहको सरकारले मिलिजुली विकास र समृद्धिका लागि काम गर्दै छ । गाउँगाउँमा सिंहदरबार छ । सरकारसँग सबैको पहुँच छ । राजनीतिक स्थायित्व छ ।

मिसवल्र्डमानेपाललेकेउपलब्धिहासिलगर्छ?

मिस नेपाल वल्र्ड भएसँगै विश्वमा नेपाललाई चिनाउने ठूलो जिम्मेवारी थपिएको छ । मिस वल्र्डमा नेपालले यही स्थान हासिल गर्छ भनेर म अहिले भन्न सक्दिनँ । तर, मेरो लक्ष्य मिस वल्र्डको टाइटल नेपाल ल्याउनेमा रहनेछ । त्यहीअनुसार म कडा मिहिनेत गरेर आफूलाई सक्षम बनाउनेछु ।

(नयाँ पत्रिकाकालागि नुनुता राईले लिएको अन्तर्वार्ता)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x