×

NMB BANK
NIC ASIA

सरकारसँग घुँडा टेक्दै यातायात व्यवसायी, गुपचुप कम्पनी दर्ता गर्ने लहर !

बैशाख १९, २०७५

NTC
Premier Steels

काठमाडौं, १९ वैशाख– सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डकेट तोड्न कम्पनीमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि यातायात समितिहरू धमाधम कम्पनीमा गइरहेका छन् । सरकारलाई घुर्क्याउन आन्दोलनमा रहेका यातायात व्यवसायीहरू गुपचुपरूपमै धमाधम कम्पनी दर्तामा जान थालेका हुन् ।

Muktinath Bank

सरकारले सिन्डिकेट अन्त्य गर्ने उद्देश्यका साथ यातायात व्यवसायीसम्बद्ध संघ–संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण नगर्ने निर्णय गरेसँगै व्यवसायीहरू कम्पनी रजिस्ट्रारको कार्यालय धाउन थालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत महिनापछि मात्रै २८ वटा यातायात कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । सरकारको पछिल्लो निर्णयसँगै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने बस व्यवसायीको संख्या बढ्दै गएको रजिस्ट्रारको कार्यालयका सूचना अधिकृत राजेन्द्र थापाले बताए ।


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘सरकारले गरेको पछिल्लो निर्णयपछि कम्पनीमा दर्ता हुन आवेदन दिने यातायात व्यवसायीको संख्या बढिरहेको छ । कार्यालय खुलेको प्रत्येक दिन नै यातायाता व्यवसायी दर्ताका लागि कार्यालय पुग्ने गरेका छन्, अबका दिनमा यो संख्या अझ बढ्ने देखिन्छ ।’

Vianet communication

कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकअनुसार शुक्रबारसम्म दर्ता हुने यातायात व्यवसायी कम्पनीहरू ६ सय ५७ पुगेका छन् । चैतमा ११ वटा यातायात कम्पनी दर्ता भएका थिए भने वैशाख १६ गतेसम्म १७ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।

अन्य समितिका पदाधिकारी पनि नाम ‘रिजर्भ’ गर्न आउन थालेको कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरू बताउँछन् ।

‘समितिलाई कम्पनीमा जानैपर्ने बाध्यता भएकाले ढिलाइ गरे नाम अर्कैले लिने डर व्यवसायीलाई छ,’ सूचना अधिकारी थापा भन्छन्, ‘अर्कैले सिन्डिकेट लादिरहेका केही समितिहरूले नै कम्पनी नाम ‘रिजर्भ’ गरिसकेका छन् ।

समितिहरूको नाममा ट्रेडमार्क लागू नहुने बताउँदै थापाले कम्पनीमा दर्ता नभएको कुनै नाम पनि आए दर्ता गर्नुपर्ने अवस्था रहेको बताए ।

अरनिको नै कम्पनीमा !

पछिल्लो समय सरकारले अरनिको राजमार्गमा मयूर यातायातलाई अनुमति दिएपछि सिन्डिकेटका पक्षमा आन्दोलनमै उत्रिएको अरनिको यातायात सेवा समिति पनि कम्पनीमा दर्ता भएको छ ।  

कम्पनी रजिस्ट्रारको तथ्यांकअनुसार अरनिको सेवा समिति यही वैशाख १३ गते काठमाडौं महानगरपालिका– ३२ बाट कम्पनीमा दर्ता भएको हो । अरनिको यातायात सेवा समिति– २०२९ सालमा काभ्रेको बनेपामा स्थापना भएको थियो । यो समितिसँग हाल ६५० भन्दा बढी गाडीआवद्ध छन् ।

समितिका पदाधिकारीले भने आफूले कम्पनीले दर्ता नगराएको दाबी गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि आफ्नो आन्दोलन जारी रहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x