×

NMB BANK
NIC ASIA

मलेसियाली प्लेन एमएच–३७० लाई पाइलटले जानीबुझी दुर्घटना गराएको खुलासा

जेठ १, २०७५

NTC
Premier Steels

काठमाडौं, १ जेठ – रहस्यमयी तरिकाले गायब भएको मलेसियाली विमान एमएच–३७० का सम्बन्धमा ठूलो खुलासा भएको छ । यो दुर्घटनाको अनुसन्धान गरिरहेको सुरक्षाविज्ञको टोलीले दाबी गरेअनुसार विमानका चालकले जानीबुझी दुर्घटना गराएका थिए । 

विज्ञहरूको टोलीमा त्यस्ता एक व्यक्तिलाई पनि संलग्न गराइएको छ जसले विमानको खोजमा जीवनको दुई वर्ष बिताए । 

सन् २०१४ को मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङ गइरहेको मलेसियन एयरलाइन्सको विमान बाटैमा हराएको थियो । विमानमा २३९ यात्रु थिए । यो विमान खोज्नका लागि १६०० करोड रुपैयाँ खर्च भइसकेको छ तर दुर्घटनाको
आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन । विमानका केही अवशेष हिन्द महासागरमा फेला परेका थिए । 

खबरका अनुसार, यो अनुसन्धानका प्रमुख मार्टिन डोलन हुन् । उनले यो षड्यन्त्र भएको र यसको मिहिन योजना बनेको उनी बताउँछन् । विज्ञहरूका अनुसार, विमानका पाइलट क्याप्टेन जाहरेले जानीबुझी आफूसँग यस्ता पाइलट
राखेका थिए जोसँग दुई इन्जिन भएको ठूलो प्लेन उडाउने अनुभव नै थिएन । 

डोलनले फेला पारेको प्रमाणबाट जाहरेले फ्लाइट सफ्टवेयर बिगारेर बाटोबाट भड्काएको देखिन्छ । 

क्यानाडाका विमान दुर्घटना विशेषज्ञका अनुसार, जाहरे विमानलाई दुर्घटना गराउनुअघि त्यसबाहिर निस्केका हुनुपर्छ । जाहरेले जानीबुझी हावाको चाप कम भएको ठाउँमा प्लेन लगेको हुनसक्छ । त्यहाँ पुगेपछि उनी आफैंले अक्सिजन
मास्क लगाएको हुनुपर्छ र यात्रीहरू चाहिँ बेहोश भएका हुनुपर्छ । 

जाहरेले किन यसो गरे होलान् भनी विज्ञहरूले केही भन्न सकेका छैनन् । तर यसलाई आतंकवादी षड्यन्त्रका रूपमा उनीहरू अस्वीकार गर्छन् । त्यसो हुन्थ्यो भने कुनै संगठनले यसको जिम्मेवारी लिइसकेको हुन्थ्यो ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x