हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन : प्रचण्ड

काठमाडौं, ३ जेठ–नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा कम्युनिस्ट पार्टीको एकता गुणत्मक फड्को भएको बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीवार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेर बनेको नेकपा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुई पार्टीबीचको एकता कहिलै जिकिर गरे ।

‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यौं, अब छुट्याउन मिल्दैन, अब अर्कै कम्पोनेन्ट बनेका छौं, प्रचण्डले भने, ‘विभाजनको पीडा बोकेर आएको कम्युनिस्ट आन्दोलनले आज छलाङ मारेको छ ।’

एकतापछि पनि चुनौती रहेको भन्दै प्रचण्डले राष्टप्रतिको निष्ठालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस