×

NMB BANK
NIC ASIA

आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

जेठ १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ जेठ -संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश हुन सकेको छैन । 

Muktinath Bank

संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नुपूर्व उक्त संवैधानिक भाषा आयोगको निर्णय पर्खिरहेको अवस्थामा आयोग अपूर्ण हुँदा अन्योल कायमै देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी कामकाजका रुपमा भाषाले मान्यता पाउन सम्बन्धित भाषा बोल्ने वक्ताको संख्या, भाषिक पहिचान, लेखक प्रणाली, भाषिक सवलता तथा ग्रहणशीलता, ऐतिहासिकता, बोधगम्यताजस्ता पक्षमा थप छलफल गर्न आयोगले पूर्णता पाउनुपर्ने आयोगको वार्षिक प्रतिवेदन, २०७४ को सुझावमासमेत उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

नेपालको संविधानको धारा २८७ (६) आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सिफारिश गर्ने दायित्व प्रदान गरिएको छ । त्यस्तै नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायकोसमेत सिफारिश गर्न आयोगलाई जिम्मेवारी तोकिएको छ । 

Vianet communication

नेपाल सरकारले आयोगका अध्यक्षमा २०७३ भदौ २३ मा डा लवदेव अवस्थीलाई नियुक्त गरे पनि सदस्यको हालसम्म नियुक्त हुन सकेको छैन । आयोगमा सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

अध्यक्ष डा. अवस्थी भन्छन्- “यसबीचमा सरकार परिवर्तन भए, निर्वाचन पनि भए नयाँ सरकारले चाँडै सदस्यको नियुक्ति गर्ने अपेक्षा गरेको छु ।” आयोगको कार्यकाल छ वर्ष हुने व्यवस्था छ । 

प्रदेश नं २ को सरकारले औपचारिक कार्यक्रममा हिन्दी भाषालाई प्रयोग गरेको सन्दर्भमा त्यो कानूनसम्मत हो वा होइन भन्नका लागि आयोगले सरकारी कामकाजको भाषाबारे निर्णय नगरेकाले यकिन गरिहाल्ने स्थिति छैन । 

उनले सरकारी कामकाजको भाषाकाबारेमा निर्णय र सिफारिशको काम संवेदनशील भएकाले पर्याप्त अध्ययन, छलफल र पूर्ण आयोग बसेर निर्णय गर्नुपर्ने बताए । ‘कानुनीरुपमा म एक्लै निर्णय गर्न पनि सक्छु तर पर्याप्त प्रमाण जुटाउन र छलफल गर्न एक्लो आयोग पर्याप्त हुँदैन भन्ने लागेर सिफारिश गरिएको छैन ।’ 

आयोगका सम्पर्क मन्त्रालय मानिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले लामो समय आयोगले पूर्णता नपाउनु गम्भीर विषय भएकाले अबको एक महिनाभित्र पूर्णता दिन आफूले पहल गर्ने बताए ।

नेपालको संविधानको धारा ७ मा नेपाली भाषाको संवैधानिक पहिचान कायम गर्दै देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिएको छ । यसैगरी संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनी नेपालमा बोलिने भाषालाई राष्ट्र भाषाकारुपमा संवैधानिक पहिचान प्रदान गरिएको छ । 

नेपालको जनगणना २०६८ मा १२३ भाषा सूचीकृत छन् । नेपाली भाषा बोल्ने मातृभाषी संख्या ४४ दशमलव छ प्रतिशत छ । यो भाषा पहाडमा २७ दशमलव २९ प्रतिशत र तराईमा १३ दशमलव १९ प्रतिशत मानिसले बोलेको पाइन्छ । 

नेपालमा बोलिने विभिन्न भाषा देवनागरी (नेपालीलगायत), सम्बोटा (शेर्पा, तिब्बती), सिरिजङ्घा (लिम्बु), रञ्जना (नेवारी), रोङ (लाचा), अखा (मगर), मिथिलाक्षर (मैथिली), कैथी (भोजपुरी, मैथिली), पर्सो अरेबिक (उर्दु) तामहिग (तामाङ, शेर्पा), ओइचिक (सन्थाल) बाङ्ला (बङ्गाली) र गुरुमुखी (पञ्जावी) गरी १३ लिपिमा लेख्ने प्रचलन छ ।

कतिपय भाषाको वर्णमाला र लिपिकाबारेमा अध्ययन हुन बाँकी रहेको आयोगको प्रतिवेदनमा जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x