साझा यातायातद्वारा थप तीन रुटमा सेवा विस्तार

काठमाडौं, २६ जेठ–साझा यातायातले थप तीन रुटमा सेवा विस्तार गर्ने भएको छ । उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले आइतबारदेखि उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो ।

गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क, थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझाले जनाएको छ ।

स्थानीय र जनप्रतिनिधिको आग्रहपछि अहिले उपत्यका भित्र थप तीन रूटमा सेवा थप गर्न लागिएको साझा यातायातले जनाएको छ ।

जेठ २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार