×

NMB BANK
NIC ASIA

शिखर वार्तापछि के भने ट्रम्पले ? (भिडियो)

जेठ २९, २०७५

NTC
Premier Steels

काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको क्षेप्यास्त्र इन्जिन परीक्षणस्थलको विनाशका बारेमा थप विवरण दिइने बताएका छन् ।

उत्तर कोरियाका नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै अघिल्लो हप्ता उत्तर कोरियाविरुद्ध आफूले ३०० वटा शक्तिशाली प्रतिबन्ध तयार पारेको तर त्यसलाई लागू नगरेको बताए । सम्मेलनको ठीकअघि ती प्रतिबन्ध लगाउनु असम्मानजनक हुने उनले बताए । 

उत्तर कोरियाले आणविक परीक्षणस्थललाई ध्वस्त पारेर आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता देखाइसकेको ट्रम्पले दाबी गरे ।

किमसँगको सम्मेलनमा धेरै कुरा हासिल गरेको पनि उनले बताए । 

आणविक कार्यक्रमको पूर्ण, विश्वसनीय र अपरिवर्तनीय निःशस्त्रीकरणको प्रतिबद्धता उत्तर कोरियाले किन नगरेको भन्ने प्रश्नमा ट्रम्पले त्यसका लागि समय नभएको बताए ।  ‘म यहाँ जम्मा एक दिनका लागि छु । यो प्रक्रिया अब अघि बढ्नेछ, उनले भने । 

आणविक निःशस्त्रीकरण प्रक्रियामा चीनको भूमिकालाई ट्रम्पले खासै महत्त्व दिएनन् । ‘हामीहरू दक्षिण कोरिया र जापानसँग काम गरिरहेका छौं । चीनसँग पनि काम गरिरहेका छौं तर अलि कम मात्रामा,’ उनले भने । 

ट्रम्पले यसअघि किमसँग डील हुन्छ कि हुँदैन भेटेको केही सेकेन्डमै थाहा पाउने भनी घमण्ड गरेका थिए । उक्त टिप्पणीका बारेमा प्रश्न गर्दा ट्रम्पले भने, ‘पहिलो केही सेकेन्डमै थाहा हुन्छ । हो, कहिलेकाहीँ त्यसले काम गर्दैन तर कहिलेकाहीँ त गर्छ ।’

‘कसैले डील गर्न चाहन्छ भने म थाहा पाइहाल्छु । यसरी थाहा पाउनु मेरो प्रतिभा हो । उनी डील गर्न चाहन्छन् जस्तो लाग्छ । वार्ताहरू चलिरहेकाले गर्दा हामीले यसको परिणाम छिट्टै थाहा पाउँछौं,’ ट्रम्पले थपे । 

यो शिखर सम्मेलनका सबभन्दा ठूला विजेताहरू उत्तर कोरियाको गुसगमा बस्ने एक लाख मानिस भएको पनि उनले बताए ।

किमसँगको सम्मेलन ‘इमान्दार, सीधा र सिर्जनात्मक’ भएको ट्रम्पले दाबी गरे । 

आफूहरूले ‘युद्ध अभ्यासहरू’ बन्द गर्ने पनि उनको भनाइ थियो । 

किमलाई आफ्नो बराबरी हैसियतको ठान्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म त्यसरी हेर्दिनँ । संसारलाई थप सुरक्षित बनाउनका लागि जे गर्नुपर्ने हो म गर्छु ।’

किमसँगको सम्मेलन विश्व इतिहासको अत्यन्त महत्त्वपूर्ण घटना भएको ट्रम्पले बताए । पत्रकार सम्मेलन अन्त्य गर्दै उनले भने, ‘तर यो प्रक्रिया टुंगियोस् भन्ने म चाहन्छु किनकि हामीले गोललाइनको पर्तिर बल पु–याएनौं भने यसको
खासै अर्थ हुँदैन ।’

ट्रम्पले आफूलाई आराम चाहिएको तर छिट्टै काममा फर्किने बताए ।

उनले थपे, ‘म अध्यक्ष किमसँग एउटै मञ्चमा बसिरहेको छु अनि त्यसो गर्दा तीन करोड मानिसको जीवन सुरक्षित हुन्छ भने म मञ्चमा सँगै बस्न चाहन्छु । म खुशीका साथ फेरि सिंगापुर आउन चाहन्छु ।’

Muktinath Bank

द गार्डियनबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x