×

NMB BANK
NIC ASIA

प्रयोगकर्ताको कीबोर्ड र माउस मुभमेन्टमा पनि फेसबूकले राख्छ नजर

जेठ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं, ३१ जेठ – क्याम्ब्रिज एनालाइटिका डेटा लीक भएपछि फेसबूक पनि विवादमा तानिएपछि मार्क जुकरबर्गले अमेरिकी संसद्को माथिल्लो सदनमा स्पष्टीकरण दिनुपरेको थियो ।

त्यतिखेर उनले प्रयोगकर्ताको निजी जानकारी, रुचि–अरुचि जान्नका लागि उसको कम्प्युटरको कीबोर्ड र माउसको मुभमेन्टसम्ममा पनि नजर राख्ने गरेको स्वीकार गरे । तपाईंको कम्प्युटरमा फेसबूक लगइन छ भने माउसको हरेक
क्लिक र कीबोर्डको हरेक प्रयोगको खबर फेसबूककहाँ पुग्छ । 

प्रयोगकर्ता कुनै कन्टेन्टमा कतिबेरसम्म बस्छ भन्ने जानकारी फेसबूकले यसमार्फत पत्ता लगाउँछ । यही हिसाबले उसले प्रयोगकर्तालाई विज्ञापन देखाउँछ । 

फेसबूकको प्राइभेसी पोलिसीका विषयमा निरन्तर प्रश्न उठ्ने गरेका छन् । अमेरिकी सिनेटमा मार्क जुकरबर्गलाई सोधिएको अनेक प्रश्नको उत्तर उनले तत्कालै दिएका थिए भने बाँकी प्रश्नको जवाफ दिनका लागि उनलाई समय
छुट्ट्याइएको थियो । 

उनलाई कुल दुई हजार प्रश्न सोधिएको थियो । फेसबूकले ४५४ पृष्ठमा यी दुई हजार प्रश्नको उत्तर दिएको थियो । 

फेसबूकले यसरी राख्छ नजर :

डिभाइस इन्फर्मेसन : तपाईं जुन कम्प्युटर, मोबाइल वा डिभाइसबाट फेसबूक लगइन गर्नुहुन्छ, त्यसको जानकारी फेसबूकले पाउँछ । जस्तो, डिभाइसमा कति स्टोरेज बाँकी छ, कुन कुन फोटो छ, कतिवटा नम्बर सेभ छन् ।

एप इन्फर्मेसन : फेसबूकलाई प्रयोगकर्ताको डिभाइसमा कुन कुन एप छन् भन्ने पनि थाहा हुन्छ । युजरले कुन एपलाई कति समय दिन्छ भन्ने आधारमा उसले डाटाबेसमा युजर प्रोफाइल सेभ गरिदिन्छ । 

डिभाइस कनेक्सन : युजरले कुन नेटवर्क प्रयोग गरिरहेको छ वा कुन वाइफाइ चलाइरहेको छ भन्ने पनि फेसबूकले थाहा पाउँछ । फेसबूकले डिभाइस जीपीएसमा पनि नजर राख्छ जसले गर्दा उसलाई प्रयोगकर्ताको लोकेसन पत्ता लाग्छ । 

यसबाहेक फेसबूकले ब्याट्री लेभल र क्यामरा इन्फर्मेसन पनि राख्छ । फेसबूक एपले युजरको डिभाइसको बढी ब्याट्री त लिइरहेको छैन भनी हेरेर त्यही हिसाबमा एप अप्डेट गर्छ । 

यसअघि फेसबूकले क्यामरा र माइक्रोफोनमा नजर राखेको कुरा अस्वीकार गर्दै आएको थियो । तर अहिले त्यसो गर्ने गरेको उसले कबुलेको छ । त्यही हिसाबमा उसले युजरलाई फेसबूक एपमा फिल्टर र अन्य फीचर सुझाउँछ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x