×

NMB BANK
NIC ASIA

नेपालको संगीत रोयल्टी अवधारणा विश्वकै नमूना

जेठ ३१, २०७५

NTC
Premier Steels

काठमाडौँ, ३१ जेठ– दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका छन् । 

नर्वेजियन प्रतिलिपि अधिकार विकास संगठनले आयोजना गरेको १० दिने ‘प्रथम एशियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण’ सम्बन्धी कार्यक्रमको आज काठमाडाै‌ंमा अायाेजित समापन समारोहमा उनीहरुले नेपालले विकास गरेको संगीतको रोयल्टी व्यवस्थापनसम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रहेको बताए । 

कार्यक्रममा फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टार्जा कोस्किनेनले एशियास्तरीय कार्यक्रमको शुरुआत नेपालबाटै भएकामा आफू हर्सित भएको बताइन् । 

उनले संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको बताइन् । 

संस्थाकी प्रबन्ध निर्देशन इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताइन् । 

विश्व संगीत उत्पादक संस्था एशिया निर्देशक केटी याङले आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएको धारणा राखे । 

उनले आगामी दिनमा नेपाली संगीतको प्रवद्र्धन र संगीतकर्मीको उत्थानका लागि आफूहरु सहकार्य गर्ने बताए । 

भारतका प्रतिलिपि अधिकार अभियन्ता रजत कक्करले नेपालले संगीत रोयल्टी विषयमा हासिल गरेका उपलब्धिलाई दक्षिण एशियाली मुलुकले अनुशरण गर्नुपर्ने बताए । 

“नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानता रहेका छन्”, उनले भने, “नेपाली संगीतकर्मीको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तयार छौँ ।” 

विश्वभरिका लेखकको रोयल्टी संकलन गर्ने संस्था अन्तर्राष्ट्रिय पुनउत्पादक अधिकार महासंघ प्रतिनिधि पियर ओलिभरले चाँडै नै नेपालमा लेखक, पत्रकार तथा फोटोग्राफरको पनि रोयल्टी संकलन संस्था स्थापना गर्नुपर्ने बताए । 

उनले त्यसो गर्नसके देशको सांस्कृतिक उत्थान तथा सरोकारवालाको पनि आर्थिक समुन्नतिको ग्यारेन्टी हुने बताए । 

प्रस्तोता समाज नेपालका कार्यकारी अधिकृत नारायण कडरियाले सरकारी निकाय तथा सरोकारवाला विभिन्न पक्षबाट सकारात्मक सहयोग रहेकाले रोयल्टी व्यवस्थापनका क्षेत्रमा प्रगति बताए । 

नेपालसँगै भारत, पाकिस्तान, चीन, भियतनाम, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्डलगायतका देशबाट २० जना प्रतिनिधिको कार्यक्रम सहभागी रहेको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x