×

NMB BANK
NIC ASIA

ओलीको चीन भ्रमणबारे के भन्छन् चीनका लागि पूर्व राजदूतहरू ?

असार ४, २०७५

NTC
Premier Steels

काठमाडौं, ४ असार  –प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा दुई वर्ष अघि उहाँले गर्नुभएका ऐतिहासिक तथा रणनीतिक महत्वका सन्धि सम्झौताको दृढतापूर्वक कार्यान्वयन हुनुपर्ने चीनका लागि नेपालका पूर्व राजदूतहरूले बताउनुभएको छ ।  प्रमको चीन भ्रमणको पूर्व सन्ध्यामा  चीनका लागि पूर्व राजदूत डा महेशकुमार मास्के र टंक कार्कीले विगतमा सहमति भएका कुरा कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा बढी ध्यान दिन सके भ्रमण उपलब्धिमूलक हुने बताउनुभयो । 
पूर्व राजदूत मास्केले भन्नुभयो, “हालै छापामा आएका रेल मार्गको निर्माण तथा तिब्बती राजमार्गबाट आठवटा नाकामार्फत सीमा वारपारका कुरा तथा अन्तरदेशीय विद्युत् प्रशारण लाइन जस्ता विषय निकै सकारात्मक छन् ।” 
“आठवटा नाका खुला गर्ने कुरा निकै महत्वपूर्ण छ । अहिले तिब्बतको बजार ठूलो हुँदै छ । त्यहाँ ठूलो संख्यामा पर्यटक आउन थालेका छन् । त्यसले गर्दा नेपालका अग्र्यानिक उत्पादनले तिब्बतको बजार पाउन सक्छन् ।” उहाँले अगाडि भन्नुभयो, “हामीले ट्रान्जिट एग्रिमेन्ट मार्फत नाका प्रयोग गरेर यस्ता वस्तु निर्यात गर्न सक्छौं । 
डा। मास्केले भन्नुभयो, “अन्तर देशीय प्रशारण लाइनको निर्माण जस्ता कुरा पनि महत्वपूर्ण छन् अहिले तिब्बतबाट ठूला राजमार्गले मध्य एशिया र एशियाका धेरै देशलाई जोड्दै छन्, त्यसबाट हामीले फाइदा लिन सक्नुपर्छ ।” 
मास्केले अगाडि भन्नुभयो, “अहिले छापामा यातायातलगायत पारवहन प्रोटोकलमा हस्ताक्षर नहुने भन्ने कुरा आयो, त्यो नहुने हो भने राम्रो भएन र त्यसलाई जोडदार रुपमा उठाउनु होला भन्ने आश गरेको छु ।” 
“मेरो विचारमा यातायात तथा पारवहानको विषयमा प्रोटोकलमा मात्र हस्ताक्षर गरेर पुग्दैन । अहिले प्रोटकलमा हस्ताक्षर गर्ने र पछि यसलाई सन्धिको रुप दिनु पर्छ भन्ने हो ।” मास्के भन्नुहुन्छ । 
त्यस्तै, नेपाल चीन व्यापार घाटा कम गर्न नेपाली कृषिजन्य वस्तुलाई चीन तथा स्वशासित क्षेत्र तिब्बतसम्म पु¥याउन त्यस्ता उत्पादनहरू शून्य भन्सार लगाउने कुरा उठाइनुपर्ने उहाँको सुझाव छ । 

Muktinath Bank

अहिलेको भ्रमणमा खाली विगतमा जस्तो सपिङ्गलिस्ट मात्र लिएर जाने र हरेक भ्रमणमा नयाँनयाँ कुरा गर्ने भन्ने तर व्यवहारमा केही नगर्ने भन्दा विगतमा भएका सन्धि सम्झौता र सहमतिको कार्यान्वय गर्ने र कार्यान्वयनको पक्ष के भयो भन्ने विषयमा बढी केन्द्रित हुनुपर्ने पूर्व राजदूत टंक कार्कीले बताउनुभयो । 
उहाँको सुझाव थियो, “भ्रमण पूर्व पर्याप्त गृहकार्य गर्नु आवश्यक छ तर अहिलेको सन्दर्भमा पर्याप्त गृहकार्य भए जस्तो लागेन ।”
विगतमा दुई वर्ष अघि के।पी ओली सरकारले चीनसँग गरेका सन्धि सम्झौताहरू निर्वाचन मार्फत जनअनुमोदित भएको बताउँदै पूर्व राजदूत कार्कीले त्यसको कार्यान्वयन दृढतापूर्वक हुनुपर्ने र कार्यान्वयमा खुट्टा कमाउनु नहुने बताउनुभयो । 
विगतमा पारवहन लगायतका सम्झौताका प्रोटोकलहरूमा धेरै छलफल हुनु आवश्यक थियो तर यो विषयमा पर्याप्त छलफल भए जस्तो देखिएको छैन । 
नेपालबाट विगतमा हुने भ्रमणहरूमा पनि भ्रमणका मुखमा आएर चहलपहल गर्ने तर अरु समय सुतेर बस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै पूर्व राजदूत कार्कीले भन्नुभयो, “यो प्रवृत्ति परिवर्तन गरिनु पर्छ र राज्यले गरेका प्रतिवद्धताहरू पूरा हुनुपर्छ ।”  गोरखापत्र दैनिकमा विस्तृत खबर छापिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x