×

NMB BANK
NIC ASIA

ह्वाइट हाउसकी प्रेस सचिवलाई रेस्टुराँले खानै नदिई निकाल्यो

असार १०, २०७५

NTC
Premier Steels

काठमाडौं, १० असार – अमेरिकाको ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सलाई ट्रम्प प्रशासनको नीतिको कारण देखाउँदै भर्जिनियास्थित एक रेस्टुराँ मालिकले कुनै सेवा नदिने भन्दै बाहिर जान लगाएका छन् । 

शुक्रवार एक फेसबूक प्रयोगकर्ताले आफूलाई भर्जिनियाको द रेड हेन रेस्टुराँको वेटरका रूपमा परिचय दिँदै साराह स्यान्डर्सलाई जम्मा दुई मिनेटको सेवापछि सँगै आएका सबैसहित बाहिर जान लगाएको लेखे । 

स्यान्डर्सले शनिवार ट्वीट गर्दै यो घटनाको पुष्टि गरिन् । उनले लेखिन्, ‘हिजो राति मलाई लेक्सिङटनको रेड हेन रेस्टुराँले म ट्रम्प प्रशासनमा काम गर्ने हुनाले निकालिदियो । म विनम्रतापूर्वक त्यहाँबाट निस्कें ।’

रेस्टुराँकी मालिक स्टेफनी विल्किन्सनले भनिन्, ‘साराको काम मेरो व्यवहारभन्दा बढी नराम्रो छ । म मानिसहरूसँग सधैं राम्रो व्यवहार गर्छु । म जससँग सहमत छैन, त्यससँग पनि आदरका साथ व्यवहार गर्छु ।’

तर राष्ट्रपतिका क्रूर नीतिहरूको बचाउ गर्नेलाई चाहिँ आफूले कहिल्यै स्वीकार नगर्ने स्टेफनीले द वाशिङटन पोस्टलाई बताइन् । उनले आफ्ना अधिकांश कर्मचारीहरू समलैंगिक रहेका र साराले तेस्रोलिंगीलाई सशस्त्र बल प्रयोग गरेर
भिन्नै राख्ने ट्रम्पको नीतिलाई बचाउ गरेकाले आफू क्रुद्ध भएको बताइन् । 

रेस्टुराँका केही मानकहरू रहेका र तिनको पालन गर्नेपर्ने उनको भनाइ छ । इमान्दारी, दया र सहयोग ती मानक हुन् । 

अमेरिकामा यसअघि आन्तरिक सुरक्षा मन्त्री क्रिस्टजेन नीलसनले पनि एक रेस्टुराँमा प्रदर्शनकारीहरूको सामना गर्नुपरेको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x