×

NMB BANK
NIC ASIA

नर्सिङ संघविरुद्ध नै नर्सको आन्दोलन, सहमति कार्यान्वयनको माग

असार ११, २०७५

NTC
Premier Steels

काठमाडौं, ११ असार – सहमति भएको ५ महिनासम्म पनि कार्यान्वयन नहुँदा नर्सहरू आन्दोलित भएका छन् ।

Muktinath Bank

सरकारले गत माघमा नेपाल नर्सिङ संघसँग ११ बुँदे सहमति गरेको थियो । सहमति कार्यान्वयनका लागि नर्सिङ संघले पहल नगरेको आरोप लगाउँदै नर्सहरूले संघविरुद्ध नै आन्दोलन शुरू गरेका छन् । सहमतिको पहिलो नम्बरमा मानव अंग प्रत्यारोपण केन्द्रबाट हटाइएका नर्स त्रजिता जति, सजना द्यौलालाई ७५ प्रतिशत तलब  उपलव्ध गराउने र थप ३ महिनाको लागि करार थप्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिने सहमति भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमति अनुसार भोलिपल्ट मानव अंग प्रत्यारोपण केन्द्रमा नर्स त्रजिता र सजनालाई अस्पतालमा पुनः नियुक्त गरिएपनि ७५ प्रतिशत तलब नपाएको उनीहरूले गुनासो गरेका छन् । ‘हामीलाई १ महिनाभित्र नै ७५ प्रतिशत तलब दिने भनिएको थियो, सहमति भएको ५ महिनासम्म पनि हामीले तलब पाएनौं,’ नर्स त्रजिताले लोकान्तरसँग भनिन्, ‘सरकारसँग सहमति भए अनुसार तलब पाएनौं भनेर नर्सिङ संघमा पटक–पटक धाइसक्यौं । तर, हाम्रो कुरा नर्सिङ संघले समेत सुनेन ।’


Advertisment
Nabil box
Kumari

‘नर्सिङ संघ र सरकारसँग भएको सम्झौता अनुसार हामीले तलब पाएका छैनौं, हामीलाई न्याय दिलाउन सक्दैन भनेर लिखित रुपमै भनिदिए हामी बरु चुप लागेर बस्छौं, यत्तिकै झुलाएर राख्नु भएन नि !’ सजनाले थपिन् । स्वास्थ्य मन्त्रालयमा आफ्ना मागको विषयमा कुरा राख्न जाँदा उनीहरूलाई ‘नर्सिङ संघले कुनै पहल गरेको छैन’ भनेर पठाउने गरिएको उनीहरूको गुनासो छ ।

Vianet communication

देशभरका नर्सको हकहितको लागि कार्य गर्नुपर्ने नर्सिङ संघ अधिकारभन्दा पनि आफ्नै राजनीतिक स्वार्थमा मात्रै लागेको उनीहरूको आरोप छ । नर्स त्रजिनाले आक्रोशित हुँदै भनिन्, ‘नेपाल नर्सिङ संघ नर्सिङ पेशाको पेशागत हितभन्दा पनि राजनीतिमा बढी लागेको छ, त्यसैले देशभरका नर्सको हितको लागि सरकारसँग भएको ११ बुँदे सहमति पूरा नभएको हो ।’

सरकारसँग गरेको ११ बुँदे सहमति कार्यान्वयन नहुनुमा नेपाल नर्सिङ संघको कमजोरी रहेको नर्सहरूको आरोप छ । युवा नर्स सञ्जालको नेतृत्वमा नर्स त्रजिता, सजना सहितको नर्सको समूहले गत शुक्रबारदेखि नेपाल नर्सिङ संघको कार्यालयमा ताला लगाएको छ । उनीहरूले नर्सको ११ बुँदे सहमतिको विषयमा नर्सिङ संघका पदाधिकारीले छलफल गरेर सहमति कार्यान्वयनको पहल नगरेसम्म ताला नखोल्ने अडान राखेका छन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले आफूहरूले ११ बुँदे सहमति कार्यान्वयनको लागि आफूहरू लागिरहेको बताइन् । ‘स्वास्थ्य मन्त्रालयले हामीसँग गरेको ११ बुँदे सहमति अझै कार्यान्वयन भएको छैन, हामी पनि मन्त्रालयमा दिनहुँ धाइरहेका छौं,’ संघको अध्यक्ष पोख्रेलले भनिन्, ‘हामी जसरी पनि सहमति कार्यान्वयन गराउन लगाएरै छाड्छौं, हाम्रो मागमा स्वास्थ्य मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’

गत पुस र माघ महिनामा संघको अगुवाइमा देशभरका नर्सहरू ९ दिनसम्म काम नै छाडेर आन्दोलित भएका थिए । नर्सहरू काम नै छाडेर आन्दोलनमा उत्रेपछि स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता समिति र नेपाल नर्सिङ संघका पदाधिकारीबीच ११ बुँदे सहमति भएको थियो ।

यस्तो थियो सहमति :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x