×

NMB BANK
NIC ASIA

सरकारी हर्कतले बाढीपीडित खिन्न : ‘पत्रकार धेरै आए, राहत आएन’ भन्दै पोखियो आक्रोश

असार १९, २०७५

NTC
Premier Steels

सुर्खेत, १९ असार – २०७१ साउन २८ र २९ गते सुर्खेतका विभिन्न ठाउँमा आएको बाढीले तहसनहस पारेपछि खुला चौरमा बसिरहेका परिवारहरू सरकारी निकायको कार्यशैलीले दिक्क भएका छन् । बाढीले विस्थापित भएको ४ वर्ष भइसक्दा समेत राहात र पुनस्र्थापना नगरिएको पीडितको गुनासो छ ।

Muktinath Bank

बाढीपीडितलाई राहात दिने भनेर अहिलेसम्म सयौं संघसंस्था पीडितको वस्तीमा आएपनि राहात नआएको पीडितको गुनासो छ । बेला–बेला सरकारले बाढीपीडितलाई भुकम्पपीडित सरह राहात दिने घोषणा गर्ने गरेपनि त्यसको कार्यान्वयन नगर्दा पीडितहरू च्यातिएका पालमुनि रात बिताइरहेका छन् । बर्खायाम शुरू भएसँगै बाढीपीडितको अवस्था बुझ्न खोज्दा पीडितहरूले पत्रकारसँग कुरा नै गर्न मानेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारमाध्यममा जतिसुकै समाचार आएपनि राहात नपाइने भएकाले पत्रकारसँग कुरा गर्नुको अर्थ नभएको पीडितको तर्क छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० गल्फाका सर्जन टमट्टाले सरकार निकम्मा भइसकेको आरोप लगाउँदै भने, ‘जति समाचार लेखेपनि, जे भनेपनि सरकारले हाम्रा समस्या बुझ्दै बुझ्दैन । अनि तपाईले समाचार लेखेर हामीलाई के फाइदा ?’


Advertisment
Nabil box
Kumari

‘४–४ वर्ष बित्दा पनि हाम्रा समस्या समाधान नगर्ने सरकारलाई के भनौं ?’ उनले भने, ‘सरकारले साह्रै हेला गरेको छ ।’ स्थानीय तहदेखि केन्द्रसम्म ३–३ वटा सरकार भएपनि पीडितको व्यवस्थापन गर्न कसैले पनि नसकेको उनले बताए । ‘जंगलको बिचमा अस्थायी बास बस्दा रुख ढलेर च्यापिने डर पनि रहेको छ,’ उनले भने ।

Vianet communication

वीरेन्द्रनगरको वडा नम्बर ६ मा रहेको महिला विकास केन्द्रस्थित विस्थापित शिविरकी कमला परियार पालको छानो हालिरहेकी भेटिइन् । उनका ४ छोराछोरीमध्ये जेठा २ जनाले पाल टाल्न सघाइरहेका थिए । ‘के गर्नु पाल जति टालेपनि पानी चुहिरहन्छ,’ पीडा पोख्दै परियारले भनिन्, ‘राति सर्प आएर टोक्छ कि भन्ने समेत पीर छ । ज्यान जोगाउन पनि अप्ठ्यारो भइसक्यो ।’ ४ वर्षअघि उनको इत्राम खोलामा २ कोठे पक्की घर थियो । राति आएको बाढीले उनको घरबार बगाएको थियो ।

२०७१ सालको बाढीपहिरोमा परेर सुर्खेतमा २४ जनाले ज्यान गुमाएका थिए भने बेपत्ता भएका ९१ जनालाई पनि सरकारले मृत घोषणा गरिसकेको छ । उतिबेला ५० हजार रुपैयाँ र घर बनाउन ७५ हजार रुपैयाँ दिने सरकारले घोषणा गर्यो । त्यो कार्यान्वयन नहुँदै बैशाखमा भूकम्प आयो । त्यसपछि बाढीपीडितलाई भूकम्पपीडित सरह राहात दिने भनियो । तर, सरकारी घोषणा कार्यान्वयन नहुँदा बाढीपीडितहरू झन समस्यामा छन् ।

‘आश्वासनका पोकाहरू मात्रै सबैले दिँदारहेछन्,’ गिरीघाट शिविरका सचिव नरेन्द्र खत्रीले भने, ‘जे पनि दिन्छौं भनेर घोषणा गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण मन खिन्न भइरहेको छ ।’ चुनावको बेलामा सबै दलका नेताले बाढीपीडितको मागलाई तत्काल सम्बोधन गर्ने भनेपनि फेरि अर्को बर्खा लाग्दासमेत उही समस्या रहेको खत्रीले बताए ।

गिरीघाट विस्थापित शिविरकी लालमति गन्द्रमाले सरकारले जहिल्यै आश्वासन मात्रै दिने गरेको बताइन् । ‘पेशा हुनेहरू आफ्नै ठाउँमा फर्केर गइसके,’ उनले भने, ‘तर, हामीसँग न पेशा छ, न पहुँच छ, थाहा छैन कति वर्ष पालमै रात काट्नुपर्ने हो ।’ सुर्खेतका विभिन्न ८ अस्थायी शिविरमा ७ सय बढी परिवार बस्दै आएका छन् । उतिबेला भेरी नदी र वीरेन्द्रनगरको इत्राम खोलामा बाढी आएको थियो ।

कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितका समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान समिति गठन आदेश–२०७५ स्वीकृत गरेको छ । ११ सदस्यीय समितिको संयोजकमा आन्तरिक मामिला तथा कानूनमन्त्री संयोजक, विषयगत मन्त्रालयका सचिव र ३ जना विज्ञ सदस्य रहने व्यवस्था समितिमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x