×

NMB BANK
NIC ASIA

तालिबान आक्रमणमा ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

असार २६, २०७५

NTC
Premier Steels

गजनी (अफगानिस्तान) – अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा ४ प्रहरी अधिकारीको मृत्यु भएको छ । 

Muktinath Bank

बिहीबार भएको आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित ४ अधिकारीको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीले सो जानकारी दिएका छन् । अफगानिस्तानमा सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ । पछिल्लो समयमा अफगान सुरक्षा बलको हताहत संख्या बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१४ को डिसेम्बरबाट नेटोआवद्ध र अमेरिकी सेनाले अफगान युद्ध समाप्त भएको घोषणा गर्दै प्रायःसबै सेना त्यहाँबाट फर्किएका थिए । थोरै संख्यामा त्यहाँ बाँकी रहेका नेटोआवद्ध र अमेरिकी सेनाले पनि आतंककारीले जारी राखेको द्वन्द्वमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गरे । 


Advertisment
Nabil box
Kumari

यद्यपि, अफगानिस्तानमा बाँकी रहेका केही सेना अफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिने कार्य संलग्न रहेका छन् । त्यसैगरी, अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबादमा अफगान सुरक्षाबलको सवारीसाधनलक्षित १ आत्मघाती आक्रमणमा परी कम्तीमा १० व्यक्तिकोे मृत्यु भएको छ । 

Vianet communication

आक्रमणमा मारिएका व्यक्तिमा प्रायः सर्वसाधारण रहेको अधिकारीले जानकारी दिएका छन् । यसलाई अफगानिस्तानमा भएका पछिल्लो भीषण आक्रमणको रुपमा लिइएको छ । मारिएका ८ व्यक्ति सर्वसाधारण नै भएको पनि अधिकारीले जनाएका छन् । नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा तालिबान आतंककारी समूहले बारम्बार आक्रमण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x