प्रस्तावित प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान

असार २९, २०७५

काठमाडौँ(संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् । 
संघीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । घिमिरेले भन्नुभयो, ‘सुनुवाइको प्रक्रिया अघि बढेको छ । हामीले शुक्रबारदेखि सुरु हुनेगरि दश दिनसम्म उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गरेका छौँ ।’

उजुरी समिति सचिवालयमा दर्ता गर्न वा इमेलबाट दिन पनि मिल्नेछ । समितिले उजुरी अध्ययन गरेपछि उजुरीकर्तासँग पनि छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि समितिले पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

असार २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस