×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : वर्षाले बेहाल–८ को मृत्यु, सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश

असार २९, २०७५

NTC
Premier Steels

काठमाडौँ– बिहीबारको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायतका समस्याले  देशका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार साँझसम्म १४ जना घाइते तथा एक जना बेपत्ता भएको पनि जनाएको छ । 
केन्द्रका प्रमुख शङ्करहरि आचार्यले भक्तपुरमा तीन जना, रुपन्देहीमा दुई जना, कपिलवस्तुमा एक जना, झापामा एक जना र बागलुङगमा एक जनाको मृत्यु भएको  जानकारी दिए । 
दाङमा एघार जना तथा रसुवा, बैतडी र चितवनमा एकरएक गरी १४ जना घाइते भएका छन् । कपिलवस्तुमा एक जना वेपत्ता भएको केन्द्र प्रमुख आचार्यले जानकारी दिए । 

Muktinath Bank

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले अझै केहि दिन मुलुकको मध्य र पश्चिमी भूभागमा वर्षा हुने बताए ।  मुलुकको पूर्वी तराई क्षेत्रमा वर्षा भए पनि मध्य र पश्चिमी भूभागको तुलनाामा वर्षाको गतिविधि केही कम हुने उनले बताए ।  शुक्रबारको तुलनामा शनिवार वर्षा केही कम हुने देखिए पनि मध्य र पश्चिमी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने उनले  जानकारी दिए । 
बुधबार र बिहीबार मुलुकको अन्य भूभागको तुलनामा काठमाडौँ उपत्यकामा वढी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रिमालले काठमाडौँ उपत्यकामा शनिवारसम्म मौसम बदली रहने र हल्कादेखि मध्यम खालको वर्षा भइरहने बताए । 
भक्तपुरमा बेहाल
अरिल वर्षापछि भक्तपुरको हनुमन्ते, खसाङखुसुङ र मनहरा लगायतका खोलाहरुमा आएको बाढीले  भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सुर्य्विनायक नगरपालिका, मध्यपुरठिमी नगरपालिका नदी आसपासका सम्पुर्ण क्षेत्रहरु डुबानमा परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिसरका सू्चना अधिकारी प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले ७८८ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रत प्रहरी बलको संयुक्त टोलीले बाढी तथा डुवानमा फसेका १११ जनाको सकुशल उद्धार गरेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

जसमध्ये सल्लाघारीकी अमृता श्रेष्ठ र अरुली श्रेष्ठ तथा सिर्जनानगरकी सोमती लामा सामान्य घाइते भएको बताउँदै उनले  भक्तपुर अस्पतालमा सामान्य उपचारपछि उनीहरु घर फर्किएको जानकारी दिए । 

Vianet communication

 उनका अनुसार बाढीको कारण हाल सम्म चौपाया २५, कुखुराको चल्ला २००० बगाएको, ५० घर तथा टहरामा आंशिक क्षती भएको, करीब  ५०० घर परिवार आंशिक विस्थापित हुनका साथै अन्नाबाली, लत्ता कपडा लगायतका जिन्सी सामानहरु क्षति भएको जानकारी प्राप्त भएको छ ।  क्षतिको एकिन विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।  

बस्तीमा बाढी पसेपछि बिहिबार बिहान साढे २ बजेदेखि नै सुरक्षित रहन माईकिङ्ग गरिएको र डुवान भए पश्चाात तत्कालै उद्धार कार्य शुरु गरिएको उनको भनाई छ । 

प्रहरीले  चाँगुनारायण नगरपालिका ७ मझुवामा बिहान पहिरो गएर बुद्ध लामाको १ तले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको पनि जनाएको छ । 

मृत्यु हुनेमा ७० वर्षीया हिरा लामा, ६५ वर्षीया पानमाया लामा र ३० महिनाकी सम्पदा लामा रहेका छन् । 


सर्वोच्चको आदेश
सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्ति पाएका दुईजनालाई हटाउने केपी ओली नेतृत्वको वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विष्णुबाबु मिश्रलाई हटाउने निर्णय कार्यान्वयन नगर्न यस्तो आदेश दिएको हो । 
उनीहरुले सरकारले आफूहरुलाई गैरकानूनी रुपमा हटाएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बिहिबार रिट निवेदनको सुनुवाइपछि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

अदालतले राष्ट्रिय दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको र कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक मिश्रलाई आगामी साउन २ गते दुवै पक्षबीच छलफलका लागि बोलाएको छ । 

आदेशमा सातदिनभित्र लिखित जवाफका लागि समेत सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

ओली सरकारले केहि साता पहिले निर्वाचन आचारसंहिता मिचेर देउवाले राजनीतिक नियुक्ति दिलाएका सबैलाई हटाउने निर्णय गरेकोमा झा र मिश्र भने  सर्वोच्च पुगेका थिए ।

गृहको आग्रह
गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ । 

लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ । 

बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ । 

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको  विज्ञप्तिमा अविरल वर्षाका कारण काठमाडाँै उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ । 
प्रधानन्यायाधीविरुद्ध उजुरी आह्वान 
संसदीय सुनुावाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले शुक्रबारदेखि सर्वसाधरण समेतसँग उजुरी आह्वान गरेको हो । दश दिनको समयसीमाभित्र सरोकारवाला तथा सर्वसाधरणले जोशीविरुद्ध उजुरी दिन सक्नेछन् ।

तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ । 

घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि योग्य भइसकेका छन् । 

तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या दुई लाख ४६ हजार २८८ पुगेको छ । जिल्लागतरुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५८२ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४४४, गोरखाका २९ हजार ८८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।

न्यायाधीश विवाद संवैधानिक इजलाशमा
सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । 

न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो । 

न्याय परिषद्ले उच्च अदालतका लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

आदेशमा न्याय परिषद् ऐनअनुसार समानुपातिक सिद्धान्तलाई न्यायाधीश नियुक्ति गर्दा नसमेटेकाले संवैधानिक इजलासमा पठाउनेैपर्ने आवश्यकता परेको उल्लेख छ । 

दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुटृाछुटैृ रिट निवेदन दायर गरेका थिए । 

प्रमको निर्देशन 
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । 

राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि बुधबार राती उहाँले सो निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 


दुर्घटनामा ६ जनाको मृत्यु 
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा बिहिबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार चारजना घाइते भएको र तीमध्ये गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइते तीनजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा ना ५ ख ४८१७ नंको बसले बा ७० प ८०९२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता सिन्धुपाल्चोकको  पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।
 यस्तै  पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x