×

NMB BANK
NIC ASIA

अमेरिकाले पक्राउ ग–यो रुसी महिला जासूस

साउन १, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकी सरकारले एक रुसी युवतीलाई रुस सरकारको एजेन्टका रूपमा राजनीतिक समूहहरूमा पस्ने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार, मारिया बूटीना नामक यी महिलाले रिपब्लिकन पार्टीसँग निकट सम्बन्ध बनाएकी थिइन् र बन्दूक बोक्न पाउने अधिकारको वकालत गरिरहेकी थिइन् । 

फिनल्यान्डको राजधानी हेल्सिन्कीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ताको केही समयपछि नै मारिया पक्राउ परेको खबर आएको हो । 

मारियाले रुस सरकारका उच्च अधिकारीहरूको निर्देशनमा काम गरेको बताइएको छ । उनी वाशिङटनमा बस्छिन् । डिपार्टमेन्ट अफ जस्टिसले जारी गरेको बयानअनुसार बुधवार उनको मुद्दामा सुनुवाइ हुनेछ र त्यतिखेरसम्म उनी हिरासतमा हुनेछिन् । 

एफबीआईका स्पेसल एजेन्ट केभिन हेल्सनले सोमवार जारी गरेको बयानमा मारियालाई रुसी संघको हित प्रवर्द्धन गर्नका लागि अमेरिकी राजनीतिमा प्रभाव राख्ने अमेरिकीहरूसँग निजी सम्बन्धको उपयोग गर्ने निर्देशन दिइएको थियो । 

अभियोजकहरूका अनुसार, मारियाले आफ्ना गतिविधिको जानकारी अमेरिकी सरकारलाई दिएकी थिइनन् जबकि फरेन एजेन्ट रजिस्ट्रेसन एक्टअन्तर्गत यसो गर्नु जरूरी हुन्छ । 

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, मारियाले नेसनल राइफल एसोसिएसनसँग सम्बन्ध बढाएकी थिइन् । त्यो अमेरिकाको सबभन्दा शक्तिशाली गन लबी हो ।

मारिया मूलतः साइबेरियाली हुन् र उनले अमेरिकी विश्वविद्यालयमा पढ्नका लागि विद्यार्थी भिसामा आएकी थिइन् ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x