×

NMB BANK
NIC ASIA

म्यानचेस्टर सिटीका मिडफील्डर डी ब्रुइनाको घुँडामा चोट, केही हप्ता खेल्न नसक्ने

साउन ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – इंग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफील्डर केभिन डी ब्रुइना घुँडामा चोट लागेका कारण केही समय मैदानबाहिर बस्नुपर्ने भएको छ । 

बुधवार अभ्यासका क्रममा डी ब्रुइनालाई चोट लागेको थियो । उनको स्वास्थ्यको पूर्ण मूल्यांकन आगामी केही दिनमा हुनेछ । तर अहिले नै उनी वैशाखीको सहारामा छन् ।

डी ब्रुइनानिकट स्रोतका अनुसार, उनी दुईदेखि तीन महिना मैदानबाहिरै रहनेछन् । 

उनको घुँडाको ल्याटरल लिगामेन्टमा चोट लागेको विश्वास गरिएको छ । यही हप्ताको अन्तिमसम्ममा थप सही निदान हुनेछ । 

बेल्जियमका यी खेलाडीलाई सन् २०१६ चोट लाग्दा नौ हप्तासम्म मैदानबाहिर बस्नुपरेको थियो । 

सिटीले आफ्नै अभ्यास मैदानमा डी ब्रुइनाको स्वास्थ्य परीक्षण गराइरहेको छ र बार्सिलोनामा रहेका डा रामोन कुगातकहाँ पनि उनलाई पठाउनेछ । कुगातले सिटीका घाइते खेलाडीको उपचार गर्ने गरेका छन् । 

डी ब्रुइना नहुँदा सिटीले प्रिमियर लीग उपाधि रक्षा गर्ने आशामा ठूलो झड्का लागेको छ । 

यी २७ वर्षीय खेलाडी सिटीको कीर्तिमानी अघिल्लो सीजनका सबभन्दा बढी प्रभावशाली खेलाडीमध्ये एक थिए । 

सिटीले समर ट्रान्सफर विन्डोमा अर्का मिडफील्डर भित्र्याउन सकेन । तर डी ब्रुइनाको चोट सोचेजति नै खराब भएर उनले आराम गर्नुपर्ने भएमा डेभिड सिल्भा, बर्नार्डो सिल्भा, इल्के गुन्दोआन र फिल फोडेन विकल्पका रूपमा रहेका
छन् ।

गोल डट्कमबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x