×

NMB BANK
NIC ASIA

कालीमाटी बजार अनुगमनमा गएको टोली चार घण्टा थुनियो, प्रहरी 'स्कटिङ'मा सुरक्षित स्थानमा पुर्‍याइयो

भदौ ४, २०७५

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमनका लागि पुगेको टोलीलाई व्यापारीले चार घण्टा थुनेका छन् । तरकारी बजारको अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको हो । 

Muktinath Bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि पुगेको थियो । टोलीलाई प्रहरीले 'स्कटिङ' गरेर बजारबाट बाहिर निकालेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुगमनका क्रममा टोलीले तरकारी बजारबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, बजार अनुगमनका क्रममा अवरोध भयो । हामीलाई चार घण्टासम्म बाहिर निस्कन दिइएन ।’ उनले प्रहरीको सुरक्षामा चारघण्टापछि बाहिर निस्किएको लोकान्तरलाई बताए । अनुगमनमा अवरोध गर्ने र हुलहुज्जत गर्नेलाई कारबाही हुनु पर्ने उनले बताए । टोलीले पसल तथा सवारीहरुको अनुगमन गरेको थियो । 

Vianet communication

तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित टोली विभिन्न स्थानबाट कसरी तरकारी भित्रन्छन् भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो । 

पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको तिमिल्सिनाले बताए । किसानले पनि वास्तविक मूल्य नपाउने र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न अनुगमन गर्नु परेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x